बुधबार, कात्तिक १२, २०८२

ब्याटिङको अन्त्यतिर नेपाल, सात विकेट गुम्यो

सात विकेट गुमाउँदा नेपालले १२३ रन मात्र बनाएको छ।
 |  शनिबार, असार ९, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, असार ९, २०८०

काठमाडौं– जिम्बाबेको टाकासिंगा मैदानमा जारी आईसीसी एकदिवसीय विश्वकप क्रिकेट छनोटअन्तर्गत नेपालले नेदरल्यान्डसँगको खेलमा ७ विकेट गुमाएको छ।

Kumaribank

लगातार विकेट गुमाउँदै गएपछि निर्धारित ५० ओभर नटिक्ने स्थिति आइपरेको बढेको छ। नेपालले अहिले सात विकेट गुमाइसकेको छ। सात विकेट गुमाउँदा नेपालले १२३ रन मात्र बनाएको छ।

नेपालले सातौं विकेटका रुपमा दिपेन्द्र सिंह ऐरीलाई गुमाएको हो। उनले २१ बलमा १४ रन मात्र बनाउन सके।

यसअघि नेपालका कुशल भुर्तेल, आसिफ शेख, भीम सार्की, कुशल मल्ल, आसिफ शेख र कप्तान रोहित पौडेल आउट भइसकेका छन्। उनीहरुले सम्झनलायक प्रदर्शन गरेनन्। अझ आसिफ शून्य रनमै आउट भए। विश्वकप छनोटमा सुपर सिक्सका लागि जित्नैपर्ने खेलमा नेपाल दबाबमा परेको हो। 
 

प्रकाशित: Jun 24, 2023| 15:38 शनिबार, असार ९, २०८०
प्रतिक्रिया दिनुहोस्