शुक्रबार, असार ५, २०८३

बाढीपहिरोमा बेपत्ताको खोजी गर्न तालिमप्राप्त कुकुर परिचालन

संखुवासभामा २ असारमा आएको बाढीपहिरोमा परी बेपत्ता भएका २० जना अझै फेला परेका छैनन्, एक सातासम्म पनि फेला नपरेपछि तालिमप्राप्त कुकुर परिचालन गरिएको हो। 
 |  शनिबार, असार ९, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, असार ९, २०८०

किमाथांका– संखुवासभामा बाढीपहिरामा परी बेपत्ता भएकाको खोजीका लागि तालिमप्राप्त कुकुर परिचालन गरिएको छ।

National life

२ असार राती अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण २० जना बेपत्ता भएका थिए। बाढीमा बेपत्ता एक सातासम्म पनि फेला नपरेपछि तालिमप्राप्त कुकुर परिचालन गरिएको हो। 

नेपाल प्रहरीले धरानबाट ल्याएको तालिम प्राप्त दुई कुकुरले आज बिहान सभाखोलादेखि खोजी थालेको संखुवासभाका प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले जानकारी दिए। प्रहरीको तालिम प्राप्त कुकुरले हेवा र सभाखोला किनारमा बेपत्ताको खोजी गर्न थालेको उनले बताए।

बाढीपहिरोमा बेपत्ता भएकाको सुरक्षाकर्मीको टोलीले एक सातादेखि खोजी जारी राखे पनि बेपत्ता २० जनाको अवस्था पत्ता नलागेपछि प्रहरीले धरानबाट तालिमप्राप्त कुकुर ल्याएर खोजीलाई तीव्रता दिएको हो। नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले हेवा खोला र सभाखोला किनार आसपास खोजी गर्नेछ। 

बेपत्ताको खोजीका लागि हेवाखोला र सभाखोलाको बगरमा अन्य सुरक्षाकर्मी पनि परिचालित छन्। बाढीपहिरोका कारण जिल्लाका विभिन्न स्थानका २१ परिवार विस्थापित भएका छन्। बाढीपहिरोबाट १२ घर पूर्णरुपमा क्षति भएका छन्।

Shivam cement

बाढीपहिरोबाट २० मध्ये १६ जना सुपर हेवाखोला जलविद्युत् र एक जना अपर हेवाखोला जलविद्युत् आयोजनाका, एक जना अमर कन्ट्रक्सनका तथा दुई जना सभाखोपरी गाउँपालिकामा बेपत्ता भएका छन्। 

बाढीपहिरोका कारण जिल्लाका आठ जलविद्युत् आयोजनामा क्षति पुगेको छ। बाढी भौतिक संरचना बगाउँदा करोडौँको क्षति भएको छ।

प्रकाशित: Jun 24, 2023| 15:18 शनिबार, असार ९, २०८०
प्रतिक्रिया दिनुहोस्