आइतबार, वैशाख १३, २०८३

आईसीसी विश्वकप छनोटः नेपालले गुमायो पहिलो विकेट

नेपालका आसिफ शेख २ बलमा शून्य रनमा आउट भएका हुन्। 
 |  शनिबार, असार ९, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, असार ९, २०८०

काठमाडौं– जिम्बाबेको टाकासिंगा मैदानमा जारी आईसीसी एकदिवसीय विश्वकप क्रिकेट छनोटअन्तर्गत नेपालले नेदरल्यान्डसँगको खेलमा पहिलो विकेट गुमाएको छ। नेपालका आसिफ शेख २ बलमा शून्य रनमा आउट भएका हुन्। 

National life

समूह चरणको अन्तिम खेलमा नेपालले टस हारेर पहिला ब्याटिङ गरिरहेको छ। नेदरल्यान्ड्सले टस जितेर पहिला फिल्डिङ रोजेको हो। समूह ‘ए’ बाट सुपर सिक्समा पुग्न नेपालले आज नेदरल्यान्ड्सलाई हराउनुपर्नेछ। नेपाल पराजित भए खेलबाटै बाहिरिनेछ।

आज नेपालले जिते र अन्तिम खेलमा सोमबार नेदरल्यान्ड्स वेस्ट इन्डिजसँग पराजित भए नेपाल सुपर सिक्समा पुग्नेछ।

समूह ‘ए’ मा रहेको नेपालले पहिलो खेलमा आयोजक जिम्बाबेसँग ८ विकेटको हार बेहोरेको थियो। दोस्रो खेलमा नेपालले अमेरिकामाथि ६ विकेटको जित निकाल्दै महत्वपूर्ण दुई अंक जोड्यो।

तेस्रो खेलमा दुई पटकको विश्वकप विजेता वेस्ट इन्डिजसँग निडर प्रदर्शन गरेको नेपाल १०१ रनले पराजित भयो। 

kumari

प्रकाशित: Jun 24, 2023| 13:49 शनिबार, असार ९, २०८०
प्रतिक्रिया दिनुहोस्