बिहीबार, साउन ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • होटल व्यवसायी संघ बाराका अध्यक्षसहित २२ जुवाडे पक्राउ

होटल व्यवसायी संघ बाराका अध्यक्षसहित २२ जुवाडे पक्राउ

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
बारा- अवैध रुपमा जुवा खेली रहेको अवस्थामा प्रहरीले बाराको निजगढबाट दुई लाखभन्दा बढी रकमसहित २२ जना जुवाडेलाई पक्राउ गरेको छ।

निजगढ नगरपालिका-३ भरतगंज सिंगोलस्थित एक होटलमा कोडा खेली रहेको अवस्थामा प्रहरीले २ लाख ३० हजार नगदसहित २२ जना जुवाडेलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा होटल व्यवसायी संघ बाराका अध्यक्ष मोहन शर्मा लामिछाने, बीरगंजका संजय राउत कुर्मी, राजु साह, निजगढका उज्वल थापा, ज्ञान लामा, युवराज तामाङलगायतका व्यक्तिहरु रहेको संघीय इकाई प्रहरी कार्यालय नारायणी वीरगंजले जनाएको छ।

इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक विक्रम लामाको नेतृत्वमा गएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो। 

पक्राउ परेकाहरुको विरुद्ध जिल्ला अदालत बारामा म्याद थप गरी आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बाराको हिरासतमा राखिएको बाराका प्रहरी उपरीक्षक सानुराम भट्टराईले जानकारी दिएका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।