बिहीबार, साउन ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • रात्रीकालीन उडानका लागि तयार हुँदै जनकपुर विमानस्थल

रात्रीकालीन उडानका लागि तयार हुँदै जनकपुर विमानस्थल

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
जनकपुरधाम- मुलुककै पुरानो विमानस्थलमध्ये एक जनकपुरस्थित विमानस्थलमा रात्रीकालीन सेवा दिने तयारी भइरहेको छ। 

अहिलेसम्म दिवाकालीन सेवामात्र सञ्चालन हुँदै आएको जनकपुर विमानस्थलबाट आगामी पौष महिनादेखि रात्रीकालीन सेवा सञ्चालन गर्ने तयारी नागरिक उड्डयन प्राधिकरणले गरेको छ।

आवश्यक सुविधाको अभावमा जनकपुर विमानस्थलमा हालसम्म रात्रीकालीन सेवा सुरु हुन नसकेको हो। तर प्राधिकरणको वार्षिक उत्सवको मौका पारेर आगामी पौष महिनादेखि रात्रीकालीन सेवा सञ्चालन गर्ने लक्ष्यका साथ विमानस्थलले काम थालेको छ।

‘अब आउने पौषबाट रात्रीकालीन सेवा सञ्चालन गर्ने लक्ष्यका साथ काम भइरहेको छ,’ नेपाल समयसँग कुरा गर्दै विमानस्थल प्रमुख मुरारीप्रसाद पौडेलले भने,‘रनवेमा बत्ति जडान कार्य सुरु भइसकेको छ, समयभित्रै काम सकिने छ।’

रात्रीकालीन सेवा सुरु गर्न ‘रनवे लाइट’ र ‘आइएफआर’ प्रणाली जरुरी रहेको र जडान गर्ने काम आरंभ भइसकेकोले पौडेलले जानकारी दिए। आगामी दुई महिनाभित्र काम सकेर पौष १६ गतेदेखि रात्रीकालीन सेवा शुरु गर्ने लक्ष्य राखिएको उनको भनाइ छ।

प्रमुख पौडेलले यहाँका यात्रुहरुलाई सुविधा पुर्‍याउने उद्देश्यले रात्रीकालीन विमान सञ्चालन गर्न प्राधिकरणले सेवा विस्तार गरेको बताए। रात्रीकालीन सेवा शुरु भइसकेपछि खराब मौसमका कारण उडान रद्द गर्नुपर्ने समस्याको समेत अन्त्य हुने प्रमुख पौडेलले बताए। 

‘अहिले मौसम खराब भए उडान नै रद्द गर्नुपर्ने बाध्यता छ,’ उनले थपे,‘रात्रीकालीन सेवाका लागि प्रविधि जडान भइसकेपछि राती त उाडन हुनुका साथै खराब मौसममा पनि विमान उडान तथा अवतरण गर्न कुनै समस्या आउँदैन्।’ पौडेलले अहिले सूर्यास्त हुनुअघि हतारमा विमान उडाउनुपर्ने समस्या रात्रीकालीन सेवा शुरु भएसँगै अन्त्य हुने बताए।

२०२४ सालदेखि सञ्चालनमा आएको जनकपुर विमानस्थल सुविधाको दृष्टिकोणले ज्यादै कमजोर देखिन्छ, जनकपुर विमानस्थल । प्राधिकरणले विमानस्थलमा अहिलेसम्म सुरक्षा जाँचको लागि एक्स–रे मेशिन, वारुण यन्त्र जस्ता उपकरणसमेत जडान गर्न सकेको छैन्। 

यसैगरी ६ वर्षअघि सुरु गरिएको नयाँ टर्मिनल भवन निर्माण कार्य अझै पुरा हुन सकेको छैन्। मुलुककै सबैभन्दा पुरानो मध्ये एक भएपनि सरोकारबला निकायले चासो नदिँदा जनकपुर विमानस्थल उभो लाग्न नसकेको स्थानीयहरुको गुनासो छ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।