बिहीबार, साउन ७, २०८३

वडा अध्यक्ष कांग्रेस प्रवेश

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
सुर्खेत- जाजरकोटका एक वडाअध्यक्ष नेकपा परित्याग गरी नेपाली काँग्रेसमा प्रवेश गरेका छन्। 

कुशे गाउँपालिका-६ का वडाध्यक्ष अमर शाहीले नेकपा परित्याग गरी काँग्रेसमा प्रवेश गरेका हुन्। तत्कालिन माओवादी केन्द्रबाट टिकट लिएर चुनाव जितेका शाहीले सार्वजनिक कार्यक्रममै नेपाली कांग्रस पार्टी प्रवेश गरेको घोषणा गरेका हुन्। 

नेपाली काँग्रसले कुशे गाउँपालिका-६ को घरंगामा आयोजना गरेको उनले काँग्रेसमा प्रवेश गरेको बताए। उनलाई नेपाल तरुणदलका पूर्व कन्द्रिय अध्यक्ष तथा पूर्व अर्थ राज्यमन्त्री उदय शम्मशेर राणाले पार्टी प्रवेश गराएका हुन्। 

‘जनताको मुक्ति र परिवर्तनको नारा दिएर विगत १० बर्ष जनयुद्ध लडेको पार्टी दुई तिहाइ बहुमतको सरकार हुँदा पनि जनताले अनुभुति गर्ने खालका कुनै पनि काम गर्न नसकेको आरोप लगाउदै आफुले नेकपा परित्याग गरेर शाहीले बताए। शाही पूर्व जनमुक्ती सेना समेत हुन्। उनी नेकपाको पार्टी एकीकरण देखिनै असन्तुष्ट थिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।