सुर्खेत- जिल्लाको लेकबेशी नगरपालिका-४ दशरथपुरबाट प्रहरीले डेढलाख रकम सहित १३ जना जुवाडे पक्राउ गरेको छ।
जुवातास खेलिरहेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय छिन्चुबाट खटिएको प्रहरी टोलीले बिहीबार नगदसहित १३ जनालाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार लेकवेशी गाउँपालिका–३ का टोपबहादुर पौडेल, अमर थापा, ललित सुनार, छवि पौडेल, हर्क विक, खगेन्द्र विर्कट्टा, टोपेन्द्र वली, टिकाराम राना, सुरेन्द्र पौडेल, उमेश वली, अनुव बस्नेत, विनोद शाही, र राजन कार्की पक्राउ परेका छन्।
जुवाखालबाट १५ हजार सात सय र जुवाडेहरुबाट एक लाख ६४ हजार चार सय ४० गरी जम्मा एकलाख ८० हजार नगद बरामत गरिएको इलाका प्रहरी कार्यालय छिन्चुका प्रहरी निरिक्षक मधु न्यौपानेले बताए। पक्राउ परेका सबैलाई आवश्यक अनुसन्धान गरीरहेको प्रहरीको भनाई छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४