आइतबार, वैशाख २७, २०८३

इराकमा रहेका अमेरिकी सैनिक २०२१ सम्म फिर्ता भइसक्ने

इराकमा रहेका अमेरिकी सेना यस वर्षको अतिमसम्म अमेरिका फिर्ता भइसक्ने छन्।
 |  मंगलबार, साउन १२, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, साउन १२, २०७८

काठमाडौं- इराकमा रहेका अमेरिकी सेना यस वर्षको अतिमसम्म अमेरिका फिर्ता भइसक्ने छन्।

National life

अमेरिकी राष्ट्रपति जो बाइडेनले इराकमा रहेका अमेरिकी सेना सन् २०२१ को अन्तिमसम्म अमेरिका फिर्ता भइसक्ने बताएका हुन्।

इराकमा युद्धमा खटिएका सेना फिर्ता भए पनि इराकी सेनालाई तालिम तथा सरसल्लाह प्रदान गर्ने सेना भने इराकमै बस्ने बताइएको छ।

राष्ट्रपति बाइडेनले इराकी प्रधानमन्त्री मुस्तफा अल कामिधिसँगको छलफलपछि यस्तो निर्णय गरेका हुन्।

इराकमा रहेका आतंकबादी समूह इस्लामिक स्टेट (आइएस)सँग युद्ध गर्नका लागि अमेरिकाका २ हजार ५ सय सैनिक इराकमा रहेका छन्।

इराकमा बाँकि रहेका सेनाले युद्धमा भाग नलिने इराकी सेनालाई तालिम र सरसल्लाह मात्रै प्रदान गर्ने ह्वाइट हाउसले जनाएको छ।

गत वर्ष अमेरिकाको ड्रोन आक्रमणमा इरानका सैनिक जनरल कासिम सुलेमानी र इरानको साथ पाएका शिया बिद्रोही समूहका नेता मारिएपछि इराकमा अमेरिकी सेनाको उपस्थिति प्रमुख विषय बन्दै आएको थियो।

अमेरिकाले  केही दिनअघि अफगानिस्तानमा रहेका अमेरिकी सेनालाई पनि फिर्ता बोलाउने निणर्य गरेको थियो। अगस्ट ३१ सम्ममा अफगानिस्तानमा रहेका सबै अमेरिकी सैनिक फिर्ता भइसक्ने अमेरिकाले बताएको छ। - बीबीसी


प्रकाशित: Jul 27, 2021| 10:50 मंगलबार, साउन १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।