बिहीबार, साउन ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कर्मचारीबाटै सुरक्षा चुनौती, सिंहदरबारमा उच्च सुरक्षा सतर्कता 

कर्मचारीबाटै सुरक्षा चुनौती, सिंहदरबारमा उच्च सुरक्षा सतर्कता 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा कर्मचारीबाटै सुरक्षा चुनौती बढेपछि उच्च सुरक्षा सतर्कता अपनाइएको छ । सेवाबाट हटाइएका करार, अस्थायी र ज्यालादारीमा कार्यरत कर्मचारी आन्दोलनका कारण सुरक्षा चुनौती बढेपछि अहिले सिंहदरबार प्रवेशको मुख्य द्वार दक्षिण गेट र कर्मचारी मात्र प्रवेश गर्ने पूर्वी गेटमा ठूलो संख्यामा प्रहरी तैनाथ गरिएको छ ।

सरकारले विभिन्न मन्त्रालय र सरकारी निकायमा कार्यरत अस्थायी, करार र ज्यालादारी कर्मचारीलाई गत साउनदेखि निष्कासन गरेको थियो । निष्कासित कर्मचारीले सिंहदरबारभित्रैबाट आन्दोलन गर्ने तयारी गरेको सूचना पाएपछि सिंहदरबारमा उच्च सुरक्षा सतर्कता बढाइएको सुरक्षा स्रोतले बतायो । पूर्वी गेटमा दंगा प्रहरी तैनाथ गरिएको छ भने दक्षिण गेटमा प्रहरीको संख्या बढाइएको छ । यस्तै सिंहदरबार प्रवेशमा थप कडाइ गरिएको छ । 

नेपाल सरकारी अस्थायी, करार तथा ज्यालादारी कर्मचारी श्रमिक संघका संयोजक कुमार राउतले देशभरका करिब ३२ हजार कर्मचारीको रोजीरोटी खोस्ने सरकारी निर्णयविरुद्ध आफूहरू कडा आन्दोलनमा उत्रिएको बताए । बिहीबार सिंहदरबारमा धर्नामा रहेका राउते शान्तिपूर्ण आन्दोलन दबाउन सरकारले ठूलो संख्यामा प्रहरी परिचालन गरेको आरोप लगाए । 

उनले करार कर्मचारीको परिचयपत्र खोसेर सिंहदरबार प्रवेशमा निषेध गरेर सरकार मुडभेड निम्ताउन उद्यत रहेको उनको भनाइ छ । संघीय मामिला तथा सामान्य प्रसाशन मन्त्रालयमा सरकार र आन्दोलन कर्मचारीबीच केहीबेरमा हुँदैछ । 

एक सय बढी दंगा प्रहरी परिचालन 

अहिले सिंहदरबारको मुख्य गेटमा एक सय बढी दंगा प्रहरी परिचालित छन् । स्रोतका अनुसार निष्कासनमा परेका कर्मचारीहरूको सिंहदरबार प्रवेश गरी निषेधित क्षेत्रमा प्रदर्शन गर्ने योजना रहेको जानकारी सुरक्षा निकायले पाएपछि त्यसलाई नियन्त्रण गर्न विभिन्न गेटमै सुरक्षाकर्मीको संख्या बढाइएको हो ।

दंगा प्रहरी रहेका त्रिपुरेश्वर र महाराजगन्जबाट गरी एक सयभन्दा बढी दंगा प्रहरी सिंहदरबारमा तैनाथ गरिएका छन् । 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।