एजेन्सी- बार्सिलोनाले स्पेनिस कोपा डेल रे को पहिलो लेगमा तेस्रो डिभिजनको कल्चरल लियोनेसामाथि संघर्षपूर्ण जित निकालेको छ । खेलको इन्जुरी समयमा गोल गर्दै बार्साले संघर्षपूर्ण जित निकालेको हो ।
लियोनेसाको घरेलु मैदानमा बुधबार राति भएको खेलमा १० खेलाडीमा समेटिएको लियोनेसालाई पराजित गर्न बार्सिलोनालाई खेलबो अन्त्य सम्म कुर्नु पर्यो । खेलको एक मात्र गोल बार्साका डिफेन्डर क्लिमेन्ट लिङलेटले इन्जुरी समयमा गरेका थिए । उनले इन्जुरी समयको थप गरिएको पहिलो मिनेटमा हेडमार्फत गोल गर्दै बार्सिलोनालाई जित दिलाए ।
इन्जुरी समयमा लियोनेसाका सर्जियो मार्का रातो कार्ड मैदानबाट बाहिरिएको थिए । बार्सिलोनाले एल क्लासिकोमा रियललाई पराजित गर्दा मैदान उत्रेको टिमका पुरै ११ खेलाडी परिवर्तन गरेको थियो ।
लियोनेसाका केही प्रहारलाई बार्सिलोनाका गोलरक्षक जस्पर सिलेसनले बचाएर सम्भावित हार टारेका थिए । दोस्रो लेग डिसेम्वर ६ मा हुनेछ । बुधबार राति नै भएको अन्य खेलहरुमा गेटाफेले कोर्डावालाई तथा रियल भालाडोलिडले मलर्कालाई समान २-१ ले पराजित गर्यो । जिरोना र डिर्पो्टिभो अलाभेसले २-२ गोलको बराबरी खेलेकमा छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४