मंगलबार, पुस १, २०८२

सबै सरकारी वेबसाइट एकसाथ डाउन, के हो कारण? 

 |  मंगलबार, असार ५, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, असार ५, २०८०

काठमाडौं-  नेपाल सरकारका सबै वेबसाइट डाउन भएका छन्। स्थानीय तहदेखि 'डट जीओभी डट एनपी' डोमेन भएका सबै सरकारी वेबसाइट मंगलबार साँझ एकाएक डाउन भएका हुन् । 

National life

राष्ट्रिय सूचना प्रविधि केन्द्रका उपनिर्देशक सफल श्रेष्ठले भने विद्युत् आपूर्तिमा समस्या आएपछि वेबसाइट डाउन भएको बताएका छन्। 

सिंहदरबाभित्र रहेको नेपाल विद्युत् प्राधिकरणको ट्रान्सफर्मर मंगलबार बिहान पड्किएको थियो। दिनभरि वैकल्पिक माध्यमबाट काम चलाए पनि अहिले धान्‍न नसकेपछि सबै वेबसाइट डाउन भएका उनले जानकारी दिए। 

उनले विद्युत आपूर्ती सुचारु हुने बित्तिकै सबै सरकारी वेबसाइटहरु सुचारु हुने पनि जानकारी गराएका छन्। यद्पि सरकारी वेबसाइट डाउने तथा डाटा हराउने समस्या यो पहिलो पटक आएको भने होइन। 

यसअघि २०७९ माघमा पनि सर्भरमा समस्या आउँदा नेपालमा सरकारका सबै वेबसाइट काम नगर्ने भएका थिए। सरकारी सर्भरमा समस्या आएका कारण नेपाल सरकार अन्तर्गतका सबै निकाय तथा कार्यालयका वेबसाइट बन्द भएका थिए।

Laxmi sunrise bank
kumari

त्यस समय सर्भर ह्याक भएको खुलेको थियो। नेपाल सरकारका सञ्‍चारमन्‍त्री रेखा शर्माले नै यसअघि नेपालमा डाटा सेन्टर नभएको र सुरक्षित पनि नभएको बताएकी थिइन्। 

त्यसैगरी लोकसेवा आयोगमा दरखास्त दिएका करिब चार लाख आवेदकको तथ्याक (डाटा) नै हराएको थियो। राष्ट्रिय सूचना प्रविधि केन्द्रको सर्भरमा समस्या देखिएपछि लोकसेवा आयोगलगायत करिब ६० वटा सरकारी निकायको डाटा हराएको थियो। 

प्रकाशित: Jun 20, 2023| 22:46 मंगलबार, असार ५, २०८०
प्रतिक्रिया दिनुहोस्