सोमबार, भदौ २२, २०८३
  • गृहपृष्ठ
  • प्रविधि
  • क्लासिक टेकको पुरानै मूल्यमा नयाँ स्पिड, अब १२५ एमबिपिएस इन्टरनेट मासिक ५५३ मै

क्लासिक टेकको पुरानै मूल्यमा नयाँ स्पिड, अब १२५ एमबिपिएस इन्टरनेट मासिक ५५३ मै

 |  सोमबार, भदौ २२, २०८३

नेपाल समय

नेपाल समय

सोमबार, भदौ २२, २०८३

काठमाडौं- इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले नयाँ ग्राहकहरूका लागि विशेष अफर सार्वजनिक गरेको छ।

कम्पनीले यसअघि उपलब्ध गराउँदै आएको १०० एमबिपिएस इन्टरनेट प्लानलाई अपग्रेड गर्दै अब नयाँ जडान गर्ने ग्राहकहरूलाई १२५ एमबिपिएस इन्टरनेट उपलब्ध गराउने भएको हो।

नयाँ ग्राहकहरूले मासिक ५५३ रूपैयाँमै १२५ एमबिपिएस इन्टरनेट प्रयोग गर्न सक्नेछन्। अर्थात्, ग्राहकले पुरानै मूल्यमा थप २५ एमबिपिएस स्पिड प्राप्त गर्नेछन्। 

यसका साथै, ग्राहकहरूले वाइफाई सिक्स राउटरको सुविधा समेत प्राप्त गर्ने कम्पनीले जनाएको छ। क्लासिक टेकले सन् २०२१ देखि आफ्ना ग्राहकहरूलाई वाइफाई सिक्स प्रविधिसहितको राउटर उपलब्ध गराउँदै आएको छ। 

उच्च गतिको इन्टरनेटसँगै आधुनिक वाइफाई प्रविधिको सुविधा प्रदान गर्ने उद्देश्यले यो अफर ल्याइएको कम्पनीको भनाइ छ।

प्रकाशित: Sep 07, 2026| 12:51 सोमबार, भदौ २२, २०८३
प्रतिक्रिया दिनुहोस्