बिहीबार, साउन ७, २०८३

सर्वोच्चका वरिष्ठतम न्यायाधीशकी पत्‍नी पक्राउ

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
उदयपुर- सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश प्रकाशमानसिंह राउतकी पत्नी ललिता उदयपुरबाट पक्राउ परेकी छन् । न्यायाधीश पतिको हस्ताक्षर र औंठाछाप किर्ते गरेको आरोपमा उनलाई इलाका प्रहरी कार्यालय कटारीले पक्राउ गरेको हो । 

उनीसंगै  उनका दाजुभाउजू पनि पक्राउ परेका छन् । पक्राउ पर्नेमा ललितका दाजुहरु बाबुराम चौहान र शिवशंकर चौहान तथा भाउजू बुनु चौहान छिन् । अर्की भाउजू भोजकुमारी फरार रहेको प्रहरीले जनाएको छ । उनीहरुलाई सोमबारै पक्राउ गरिए पनि अदालतबाट म्याद लिएपछि बुधबार मात्रै यो घटना सार्वजनिक गरिएको हो । 

ललिताले पतिको हस्ताक्षर र औंठाछाप किर्ते गरी अर्काको बच्चालाई आफ्नो बनाई जन्मदर्ता गराएको भन्दै न्यायाधीश राउतका पिता बलबहादुरले उजुरी दिएका थिए ।

उनीहरू चारै जनाको मिलेमतोमा कटारी–३ बाट गत असोजमा बाबु प्रकाशमानसिंह, आमा ललिताकुमारी र बाजे बलबहादुर राउत उल्लेख गरी नवजात शिशुको जन्मदर्ता बनाएको आरोप छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।