काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा क्रमिक रुपमा सुधार हुँदै गएको चिकित्सकहरुले बताएका छन् ।
त्रिवि शिक्षण अस्पताल महाराजगन्जको सिसियूमा उपचारत प्रधानमन्त्री ओली आफै खाना खान र भेट्न आएकाहरुसँग सहज रुपमा बोल्ने र थोरै हिडडुल गर्न थालेका छन् । चिकित्सकका अनुसार उनलाई नसाबाट औषधि दिन बन्द गरिएको छ । बिहीबारबारबाट मुखबाटै औषधि खुवाउन थालिएको छ ।
प्रधानमन्त्री ओलीको खोकी र ज्वरो पनि नियन्त्रणमा आएको छ । उनको छातिमा देखिएको संक्रमण क्रमश : घट्दै गएको उपचारमा संलग्न चिकित्सक डा अरुण सायमीले जनाकारी दिए । उनका अनुसार प्रधानमन्त्रीको रक्तचाप र मधुमेह पनि सन्तुलनमा आएको छ ।
खोकीका कारण अकस्मात स्वासप्रश्वासमा समस्या देखापरेपछि प्रधानमन्त्री ओली सोमबार बिहान ४ बजे अस्पताल भर्ना भएका थिए । उनको उपचारमा पाँच जना चिकित्सक संलग्न रहेका छन् । उनी अस्पताल भर्ना भएपछि अमेरिकामा रहेकाी उनकी निजी चिकित्सक डा. दिव्यासिंह शाह सोहि दिन नेपाल आएकी थिइन ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४