धनगढी- बझाङको साइपाल हिमाल आरोहण गर्न गएको टोलीको भारी बोकेर गएका एक सदस्यको मृत्यु भएको छ।
साइपाल हिमालको आधार शिविरमा आरोही टोलीको भारी पुर्याएर घर फर्कने क्रममा तल्कोट गाउँपालिका-३ का पुरन खत्रीको मृत्यु भएको हो।
२७ वर्षीय पुरनको साइपाल हिमालको आधार शिविर औंलागाडबाट फर्कने क्रममा सुनपानीमा करिब तीन सय मिटर तल खसेर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। घटनास्थल सुनपानी तल्कोट गाउँपालिकाको वडा नम्बर ४ मा पर्दछ।
गत कात्तिक ३ गते बझाङ जिल्लामा अवस्थित साइपाल हिमाल चढ्न गएका आराही टोलीको सामान बोकेर खत्री गएका थिए।
मृतक खत्रीका दुई छोराछोरी र श्रीमती छन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४