बिहीबार, साउन ७, २०८३

डडेल्धुरामा जीप दुर्घटना : एकको मृत्यु, आठ घाइते

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
डडेल्धुरा- डेल्धुरामा जीप दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ। 

दुर्घटनामा गन्यापधुरा गाउँपालिका–२ मालीगाउँकी ४३ वर्षीया कुमारी देउवाको उपचारका क्रममा सदरमुकामस्थित उपक्षेत्रीय अस्पतालमा मृत्यु भएको हो।
 
सदरमुकामदेखि गन्यापधुरातर्फ गइरहेको म १ ज ३११ नंको जीप मैलोडामा दुर्घटना हुँदा अन्य आठ जना घाइते भएका छन्। 

घाइते हुनेमा गन्यापधुरा–२ का ४७ वर्षीय कर्ण देउवा, ४० वर्षीया सरुदेवी देउवा, ३३ वर्षीय लोकेन्द्र देउवा, १४ वर्षीया विमला देउवा, ३० वर्षीय योगेन्द्र देउवा, ६ वर्षीय सुवास देउवा, ३५ वर्षीय देवबहादुर देउवा र ११ वर्षीया मनिषा देउवा रहेका छन् । 

घाइतेहरुको उपक्षेत्रीय अपस्तल डडेल्धुरामा उपचार भइरहेको र दुर्घटनामा परी गम्भीर रहेका ६ वर्षीय सुवास देउवालाई धनगढी पठाइएको जिल्ला प्रहरी कार्यालयका नायब उपरीक्षक डम्बरबहादुर केसीले जानकारी दिए। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।