काठमाडौं- प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले लगानीको वातावरण बनाएर मुलुकलाई समृद्ध बनाउने घोषणा गरिरहँदा विश्व बैंकको मूल्याकंनले भने नेपालमा लगानीको वातावरण बिग्रिदै गएको रिपोर्ट सार्वजनिक गरेको छ।
विश्व बैंकले बुधबार सार्वजनिक गरेको व्यवसायिक लगानीका लागि उपयुक्त मुलुकहरुको मूल्याकंनमा नेपाल गत वर्षभन्दा पाँच स्थान तल झरेको हो।
गत वर्षको प्रतिवेदनमा १०५ औं स्थानमा रहेको नेपाल यसपटकको मूल्याङ्कनमा ११० औं स्थानमा झरेको छ। विश्व बैंकले १९० वटा देशहरूमा व्यवसायीको लगानीको अवस्था,लगानीको संरक्षण, नियामक निकायबाट हुने सेवा प्रदायमा सहजताको अवस्थालगायत विभिन्न सूचकको आधारमा मूल्याङ्कन गरेर नतिजा सार्वजनिक गरेको हो।
दक्षिण एशियाली मुलुकमध्ये नेपाल यसपटक चौथो स्थानमा छ। दक्षिण एशियाली देशमध्ये पहिलोमा रहेको भारतले सुधार गर्दै १०० औं स्थानबाट ७७ औं मा उक्लिएको छ। दोस्रोमा भुटान ८१ औं, तेश्रोमा श्रीलंका १०० औं छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४