बिहीबार, साउन ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कर्णालीका सांसदको आरोप : बजेट भ्रष्टचारीका हातमा पुग्यो

कर्णालीका सांसदको आरोप : बजेट भ्रष्टचारीका हातमा पुग्यो

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
सुर्खेत- कर्णाली प्रदेशका सांसदहरुले सरकारले ल्याएको बजेट भ्रष्टचारीका हातमा पुगेको गम्भीर आरोप लगाएका छन्। सरकारले रातो किताब पारेको अधिकांस योजना र बजेट भ्रष्टचारीको हातमा थम्माएको सांसदहरुले आरोप लगाएका हुन्। 

कर्णाली प्रदेशसभाको विशेष समयमा बोल्दै प्रतिपक्ष दल नेपाली काँग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले रातो कितावमा उल्लेख गरेको बजेट भ्रष्टचारीलाई पोस्नेगरी आएको आरोप लगाए। ‘सरकारले रातो कितावमा उल्लेख गरेको योजनाहरुको बजेट भ्रष्टचारीको हातमा पुर्‍याएको छ।’ सांसद शाहीले भने ‘भ्रष्टचार केन्द्रित योजना र बजेट ल्याउने सरकार पनि भ्रष्टचारी उन्मु ख छ।’ 

त्यस्तै सक्तापक्षकै सांसद पदमबहादुर रोकायाले सरकारका मन्त्रीले बजेट वितरणमा काखापाखा गरेको आरोप लगाए । ‘मन्त्रीका क्षेत्रमा डबल बजेट गएको छ, मेरो क्षेत्रमा ४ करोड बजेट जाँदा नजिकै रहेको मन्त्रीको क्षेत्रमा ८ करोड गएको गर्‍यो।’ उनले भने, ‘कोही गाउँमा औशी, कोही गाउँमा पूर्णिमा भयो ।’

 उनले मन्त्रीहरुले आफ्नो जिल्ला र निर्वाचन क्षेत्रमा मात्रै बजेट थुपारेको आरोप लगाए । त्यस्तै सक्ता पक्षकै अर्का सांसद पदमा खड्काले समानुपातिक सांसद र प्रत्यक्ष निर्वाचित सांसदबीच सरकारका मन्त्रीहरूले विभेद गरेको बताइन। उनले मन्त्रीले योजनामा बजेट पार्दा गरिएको विभेद स्विकार्य नहुने बताइन् । सांसद विन्दमान विष्टले मन्त्रीहरु कन्जुस सोचको भएको आरोप लगाए। 

‘मैले सरकारका मन्त्रीहरू यति पक्षपाती र निम्नसोच होला भन्ने सोचेकै थिएन।’सांसद विष्टले भने ‘जहाँ मन लाग्यो त्यही बजेट, जे गर्न मन लाग्यो त्यही गर्ने छुट मन्त्रीहरूलाई छुट छैन ।’ सांसद चन्द्रबहादुर शाहीले मन्त्रीहरूले सांसदभन्दा विचौलियाको भरमा योजना बनाई बजेट विनियोजन गरेको आरोप लगाए।

‘हामीले माग गरेका योजनाभन्दा अन्य पार्टीबाट म सँगै निर्वाचन हारेकाको नाउँमा ३५ लाख रुपैयाँको योजना हालिएको छ।’ शाहीले भने, ‘त्यस्ता विचौलियाका हातमा किन बजेट दिइएको हो ?’त्यस्तै सांसद अम्मरबहादुर थापाले मन्त्रीहरूले बजेट विनियोजन गाविसजस्तो भएको आरोप लगाए।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।