बिहीबार, साउन २८, २०८३

श्याम सामसोहाङको पुस्तक 'मुन्दुम ट्रेल' सार्वजनिक

 |  सोमबार, असार ४, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, असार ४, २०८०

श्याम सामसोहाङको संस्मरणात्मक कृति ‘मन्दुम ट्रेल’ सार्वजनिक भएको छ।

मुन्दुम पदमार्गको अवधारणा, नामकरण, सामूहिक प्रयत्न, पदमार्ग निर्माणसँग गाँसिएका सङ्घर्ष र किराँत मुन्दुमी मिथकहरुको जानकारीसहित प्रकाशित कृति शनिबार पर्यटनमन्त्री सुदन किराँती, लेखक राजन मुकारुङलगायतले राजधानीको मण्डला नाटकघरमा लोकार्पण गरे।

कार्यक्रममा मन्त्री किराँतीले सपना, सोच र सिर्जनाले मान्छेलाई जोड्ने बताए। उनले भने, ‘सपना, सोच र सिर्जनाले जोड्छ मान्छेलाई। भोलि मानिसले त्यस्तो ठाउँ खोज्नेछन्, जहाँ गाडी भेटिन्न, जहाँ मोबाइलको नेटवर्क टिप्दैन। र त्यस्तो संस्कृति मैत्री, गाउँ सहर जेड्ने भुगोल मुन्दुम पदमार्ग हुनेछ।’

लेखक राजन मुकारुङले पुस्तक पठनीय रहेको बताए।

गायक, संगीतकार, पर्यटन अभियन्ता एवं व्यवसायी श्यामको यो पहिलो पुस्तक हो। कलम प्रकाशनले प्रकाशन गरेको पुस्तकको मूल्य ४७५ रुपैयाँ छ।

प्रकाशित: Jun 19, 2023| 09:39 सोमबार, असार ४, २०८०
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नयाँ अनुहारले नयाँपन ल्याउलान् चलचित्रमा ?

डेढ दशक अघिसम्म राजेश हमाल, निखिल उप्रेती, रेखा थापा, विराज भट्टलगायत कलाकारको दबदबा थियो। उनीहरूको पोस्टर देख्दामात्रै पनि दर्शक चलचित्र भवनसम्म पुग्थे।

वसन्त चौधरीको 'हृदयमा बलेको साहित्यको आगो'

हृदयमा कति आगो बलेको छ भन्ने कुरा हृदयमै चिहाएर हेर्न र बाहिरी ओठको मात्र नभएर भित्री खुसी खोजेर खबर सम्प्रेषण गर्न अर्थात् छाप्न पत्रकारहरूलाई नै...

पोखरामा चिनाइँदै जनकपुरको मिथिला संस्कृति

जनकपुरको धार्मिक, ऐतिहासिक, पौराणिक मिथिला संस्कृतिलाई पोखरेलीसामु ल्याउन प्रदर्शनी गर्न लागिएको हो।

थिमिमा कुभिण्डे जात्रा मनाइयो

कुभिण्डे जात्रामा फूलपातीका दिन सिद्धिकाली मन्दिरबाट फूलपातील्याई तलेजू दसैंघरमा भित्र्यापछि नवमीका दिन राँगो र बोकाको टाउको बलि दिने परम्परा रहिआएको छ।