बिहीबार, साउन ७, २०८३

'गाईको हुलमा गधा मिसिए'

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- 'गार्इको हुलमा गधा मिसिएपछि' प्रहरी बदनाम भएको नेपाल प्रहरीका प्रवक्ता उत्तम राज सुवेदीले बताएका छन्। 

प्रहरी प्रधान कार्यालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रहरी वरिष्ठ उपरीक्षक सुवेदीले केही खराब पात्रका कारण संगठन बद्‍नाम भएको बताएका हुन्। उनले भने, 'हामीले गार्इ सम्‍झेर भर्ना गर्‍यौं तर गधा भइदिए।' 

केही गलत पात्रका कारण सिंगो संगठनलार्इ नै बद्‍नाम गर्न नमिल्‍ने प्रहरी प्रवक्ता सुवेदीले बताए। उनले भने, ' प्रहरीको विश्वसनीयतामा प्रश्न उठेको छ। त्यस्ता गलत काममा संलग्न माथि कडा कारबाही हुन्छ।'

'नेपाल प्रहरीमा ७५ हजार बढी जनशक्त्ती छ, योग्यता पुगेका जो कोही नेपाली प्रहरीमा प्रवेश गर्न सक्छ। प्रहरीमा प्रवेश गरेका केही पात्र गलत मनसायले संगठनमा घुसेका हुन सक्छन्। त्यस्ता गलत पात्रविरुद्ध नेपाल प्रहरीले कडा कारबाहीको प्रकृया अघि बढाइसकेको छ।'

नेपाल प्रहरीले आईतबारबाट देशभर संचालन गरेको समुदाय-प्रहरी साझेदारी कार्यक्रम केन्द्रदेखि स्थानीय तहका हरेक वडा र टोलसम्म संचालन गरिने प्रवक्ता सुवेदीले बताए। 

अपराध न्यूनीकरण गर्ने मुख्य उद्देश्यले प्रहरीले संचालन गरेको उक्त महत्वकांक्षी अभियान सफल पार्न नेपाल प्रहरीले एकैपटक दश हजार जनशक्तीलाई प्रत्यक्ष रुपमा समुदायमा केन्द्रित गरिने बताईएको छ। उक्त अभियानमा नेपाल प्रहरीले विशेष रुपमा प्रशिक्षित गरेका २६ सय बढी प्रशिक्षकसमेत तयार गरेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।