बिहीबार, साउन ७, २०८३

विराटनगरको पहिलो जित, बुटवल १२ रनले चिप्‍लियो

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
पोखरा- पोखरामा जारी सवार्धिक पुरस्कार राशीको पोखरा प्रिमियर लिग (पीपीएल) टी-२० क्रिकेट अन्तर्गत विराटनगर टाइटन्सले प्रतियोगितामा पहिलो जित निकालेको छ । विराटनगरले आफ्नो चौथो खेलमा बुटवल ब्लास्टरलाई १२ रनले पराजित गर्दै प्रतियोगितामा पहिलो जित निकलेको हो । 

विराटनगरले दिएको १ सय ४१ रनको लक्ष्य पछ्याएको बुटवलले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय २८ रन बनाउन सक्यो । बुटवलका लागि भिम सार्कीले अर्धसतकिय पारी खेले पनि टोलीलाई जित दिलाउन सकेनन्। 

उनले ४२ बल खेल्दै चार चौका र एक छक्का प्रहार गर्दै ५० रन जोडे । त्यस्तै सागर पुनले २९ रन जोडे । ओपनर आएका पुनले ३३ बल खेल्दै चार चौकाको मद्दतले २९ रन जोडे थिए । 

शंकर रानाले २३ रन जोड्दा सिद्धान्त लोहनीले १५ रनमा जोडे । त्यस्तै कप्तान सोमपाल कामीले ७ रन, साम्सद खेइखले रोहन मुस्तफा एक रन तथा चिराग सुरी र प्रकास केसीले कुनै रन जोड्न सकेनन् । विराटनगरका लागि कप्तान सन्दिप लामिछाने र किसोर महतोले समान दुई दुई विकेट लिदा सुनिल धमलाले एक विकेट लिए ।

यसअघी सन्दिप लामिछानेको कप्तानीमा रहेको विराटनगरले ७ विकेट गुमाउदै १ सय ४० रन जोडेको थियो । विराटनगरका मुहमद जाइद अलीले अर्धसतकिय पारी खेलेका थिए । 

४५ बल खेलेका अलीले छ चौका र पाँच छक्काको मद्दतले ७२ जोडे । त्यस्तै प्रदिप ऐरीले ४१ रन जोडे । उनले ४३ बल खेल्दै तीन चौका प्रहार गरे । अन्य ब्याट्सम्यानले भने दोहोर अंक छुन सकेन् । 

बुटवलका लागि ललित सिंह भण्डारी दुई विकेट लिएका थिए । त्यस्तै बिपिन कार्की, साम्सद सेइख र सागर पुनले समान एक एक विकेट लिएका थिए । 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।