बिहीबार, साउन ७, २०८३

सरकारले बुझायो खर्च विवरण

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
सुर्खेत–कर्णाली प्रदेश सरकारले गरेको सम्पूर्ण खर्च विवरण बुधबार सार्वजनिक लेखा समितिलाई बुझाएको छ । सरकारको काम कारबाहीको बारेमा प्रश्न उठाउँदै लेखा समितिले गत असोज २४ गतेको बैठकले सरकारको खर्च विवरण माग गरेको थियो । 

सोही निर्देशनअनुरुप सरकार मन्त्री र सचिवहरु नै उपस्थित भए सरकारको खर्च विवरण पेश गरेका हुन् । मन्त्रीहरुले पेश गरेको खर्च विवरणमा अनुसार ‘कर्णाली रारा पर्यटन वर्ष–२०७५ उद्घाटनमै ७८ लाख खर्च भएको छ । पर्यटन वर्ष उद्घाटनमा जम्मा ७८ लाख १६ हजार ९६ रुपैँया खर्च भएको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले समितिलाई बुझाएको प्रतिवेदनमा उल्लेख छ ।

जसमा उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालयले १६ लाख ५८ हजार रुपैयाँ खर्च गरेको छ । भौतिक पूर्वाधार विकास मन्त्रालयले यातायातको व्यवस्था गर्दा १० लाख ९३ हजार रुपैयाँ, सामाजिक विकास मन्त्रालयले १० लाख ११ हजार, भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले २८ लाख ८५ हजार, मुगु जिल्ला समन्वय समितिले ७ लाख २४ हजार, आन्तरिक मामिला तथा कानुन मन्त्रालयले ४ लाख ६२ हजार रुपैँयाँ खर्च खर्च भएको लेखा समितिलाई बुझाएको विवरणमा उल्लेख छ ।

खर्च विवरण पेश गर्दै सरकारले कर्मचारी अभावकै कारण दु्रत रुपमा अगाडि बढ्न नसकेको बताएका थिए । ‘हामीसँग कर्मचारी नै छैनन’ भौतिक पूर्वाधार विकास मन्त्री खड्क खत्रीले भने ‘आज ३७ दिन भयो मन्त्रालय सचिव विहिन छ ।’ उनका अनुसार भौतिक पूर्वाधार विकास मन्त्रालय ३७ दिनदेखि सचिव आउन सकेका छैनन ।

मन्त्रालयका सचिव प्रकाश कुमार रघुवंशी सरुवा भएदेखि नै मन्त्रालय सचिव विहीन छ । मन्त्रालयमा भएका कर्मचारी पनि सरुवा भएर गईसकेको ३७ दिन वितिसक्दा पनि मन्त्रालयमा सचिव आएका छैनन् । भौतिक पूर्वाधार विकास मन्त्रालय काठमाडौंका सचिव रामहरि पोखरेल आउने चिठी ३७ दिनअघि मन्त्रालयमा आएपनि सचिव भने आइनपुगेको मन्त्री खत्रीको भनाई छ । 

मन्त्रालयमा भएका दुई जना उपसचिव मध्ये एकको सरुवा भइसकेको छ भने एक जना यसै मन्त्रालयको पूर्वाधार विकास डिभिजनमा पठाउने तयारी भएको छ । उपसचिव मामैया मानन्धर सरुवा भइसकेको छन् भने मानन्धर अधिकारी पूर्वाधार विकास डिभिजनमा जान थालेका हुन् । 

त्यस्तै आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले संघिय संरचनाको पहिलो चरणमा रहेकाले अहिले बजेट कार्यान्वयन भन्दा पनि कार्यान्वयन गर्ने आधार तयार गर्न लागि परेको बताए । विभिन्न बाधा र चुनौतिका विच चालु आर्थिक वर्षको बजेट ल्याएपनि कार्यान्वयका लागि चुनौती भएको बताउँछन् । ‘अहिले हामी संघीय संरचना कार्यान्वयनका चरणमा छौँ, बजेट कार्यान्वयन भन्दा पनि कार्यान्वयनको आधार तयार गर्नतर्फ बढी केन्द्रित छौँ ।’ 

त्यस्तै आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव ढुण्डीराज निरौलाले बजेट कार्यान्वयनमा प्रशासनिक बाहेक अन्य कुनै पनि विकास निर्माणमा बजेट खर्च हुन नसकेको बताए । ‘अहिले सरकारको प्रशासनिक खर्च बाहेक अन्य विकास निर्माणको बजेट खर्च गर्न नसकेको अवस्था छ ।’ उनले भने, ‘सरकारको आफ्नै संरचना, पर्याप्त जनशक्ति लगाएतका विविध समस्याले सरकारले बजेट खर्च गर्न सकेका छैनौँ । सरकारका कामकारवाही पारदर्शिता ल्याउन समितिले खर्च विवरण मागेको समितिका सदस्य गुलाव जंग शाहले बताए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।