सुर्खेत- जिल्ला प्रहरी कार्यालय जाजरकोटले बहुमूल्य पत्थर तुरमालिनसहित एक जना पक्राउ गरेको छ।
प्रहरी चौकी छेडाचौर जाजरकोटले बुधबार बहुमूल्य पत्थरसहित वीरेन्द्रनगर–१३ धर्मबहादुर बस्नेतलाई पक्राउ गरेको हो।
जाजरकोटका प्रहरी प्रमुख (डिएसपी) रविन्द्रबहादुरर सिंहले दिएको जानकारी अनुसार पत्थर अबैध रुपमा चोरी, निकासी भई रहेको सूचना आधारमा बस्नेतलाई पक्राउ गरिएको हो।
बस्नेतका साथबाट बरामत गरिएको पत्थर परीक्षणको लागि प्रदेश वीरेन्द्रनगरस्थित भूकम्प मापन केन्द्रमा पठाईएको छ। उक्त पत्थर ज्वेलर्स र श्रृंगारिक सामग्रीहरु बनाउन प्रयोग हुने प्रहरीको भनाई छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४