काठमाडौं-नेपाल विद्युत प्राधिकरणले उज्यालो र बत्तीहरुको चार्ड तिहारमा लोडसेडिङ नगर्ने भएको छ ।
प्राधिकरणमा बुधबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै कार्यकारी अधिकृत कुलमानसिंह घिसिङले यो वर्ष तिहारमा कुनै समय पनि बत्ति नजाने बताए ।
विभिन्न आयोजनाबाट उत्पादन भएको बिजुली राष्ट्रिय प्रसारणलाइनमा जोडिएको तथा बिजुली व्यवस्थापन गरेरै पनि तिहारमा लोडसेडिङ नगराईने घिसिङको दाबी छ ।
‘तिहारको समयमा सबैले प्रयोग गर्ने पिक आवरमा बिजुलीको माग १२७० मेगावाट हुने अनुमान गरेका छौं,’ घिसिङले भने, ‘हामी यो तिहारको बेलामा १४ सय मेगावाटसम्म बिजुली वितरण गर्न सक्छौं ।’
विगतका वर्षहरुमा पनि लोडसेडिङ कम गरिएको बताएँदै घिसिङले यसवर्ष भने कुनै समय पनि बिजुली नजाने बताए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४