बिहीबार, साउन ७, २०८३

पीपीएल : बुटवललाई जितका लागि १४१ रनको लक्ष्य

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
पोखरा- पोखरामा जारी सवार्धिक पुरस्कार राशीको पोखरा प्रिमियर लिग (पीपीएल) टी-२० क्रिकेट अन्तर्गत विराटनगर टाइटन्सले जितका लागि बुटवल ब्लास्टरलाई १ सय ४१ रनको लक्ष्य सुम्पेको छ । टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको विराटनगरले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १ सय ४० रन बनाएको हो ।
 
सन्दिप लामिछानेको कप्तानीमा रहेको विराटनगरका लागि मुहमद जाइद अलीले अर्धसतकिय पारी खेले । ४५ बल खेलेका अलीले छ चौका र पाँच छक्काको मद्दतले ७२ जोडे । त्यस्तै प्रदिप ऐरीले ४१ रन जोडे । उनले ४३ बल खेल्दै तीन चौका प्रहार गरे  भने अन्य ब्याट्सम्यानले भने दोहोर अंक छुन सकेन् । 

बुटवलका लागि ललित सिंह भण्डारी दुई विकेट लिए । त्यस्तै बिपिन कार्की, साम्सद सेइख र सागर पुनले समान एक एक विकेट लिए । बुटवलले अब केही बेरमा जवाफी ब्याटिङ गर्ने छ ।

विराटनगर प्रतियोगितामा जित बिहिन छ । तीन खेल खेली सकेको विराटनगर प्रतियोगितामा जिवित रहन जित्नै पर्ने दबाबमा छ । यो खेल विराटनगरले गुमाउन पुगे प्रतियोगिताबाट बाहिरिने सम्भावना प्रवल हुनेछ । यता दुई खेल खेलेको बुटवल भने दुबै खेलमा जित निकाल्दै शिर्ष स्थानमा छ ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।