NadaNada
शुक्रबार, भदौ ६, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • भारतीय फिल्म 'आदिपुरुष' रोक्न आग्रह गर्दै बालेनले लेखे मन्त्रालयलाई पत्र

भारतीय फिल्म 'आदिपुरुष' रोक्न आग्रह गर्दै बालेनले लेखे मन्त्रालयलाई पत्र

 |  शुक्रबार, असार १, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, असार १, २०८०

vianetvianet

काठमाडौं- काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले आपत्तिजनक शब्द नहटाएसम्म नेपालमा भारतीय चलचित्र चल्न नदिने व्यवस्था गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई पत्राचार गरेका छन्।

उनले दक्षिण भारतीय चलचित्र आदिपुरुषमा समावेश भएको 'जानकी भारतीय छोरी हुन्' भन्ने आपत्तिजनक संवाद चलचित्रबाटै हटाउन कूटनीतिक पहल थाल्न आग्रह गरेका छन्।

आदिपुरुषमा रहेको उक्त संवाद हटाएर सेन्सर बोर्डले नेपालमा सञ्चालनका लागि स्वीकृति दिएको बेला महानगर प्रमुख शाहले मन्त्रालयलाई पत्राचार गरेका हुन्।

parta4341686929661.jpg

प्रकाशित: Jun 16, 2023| 21:18 शुक्रबार, असार १, २०८०
प्रतिक्रिया दिनुहोस्