NadaNada
शुक्रबार, भदौ ६, २०८२

नवनियुक्त प्रधानन्यायाधीश कार्कीले गरे पदभार ग्रहण

 |  शुक्रबार, असार १, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, असार १, २०८०

vianetvianet

काठमाडौं- नवनियुक्त प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले पदभार ग्रहण गरेका छन्। आज राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको सपथ लिएपछि कार्कीले आजै सर्वोच्च अदालत पुगेर पदभार ग्रहण गरेका हुन्।

उनले आफ्नो कार्यकालमा आफ्नै संयोजकत्वमा बनेको न्यायपालिका सुधारका लागि बनेको प्रतिवेदनको जगमा बसेर बनेको कार्ययोजना लागू गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले प्रतिवेदनका आधारमा न्यायपालिकाको अधिकार क्षेत्रलाई पुनरावलोन गर्ने बताए।

उनले भने, 'न्याय ढिलो हुन्छ, सर्वोच्च अदालतले न्याय दिन ढिलाइ गर्छ, लामो समय लाग्छ भन्ने कुरालाई सम्बोधन गर्नका लागि प्रतिवेदनअनुसार काम गर्छौं।'

उनले न्यायाधीश र कर्मचारीको सरुवा, बढुवा, काजलगायत ठोस र वस्तुगत आधारमा देखिने गरी अघि बढाउने बताए। प्रधानन्याधीश कार्कीले न्यायधीश नियुक्तिको सवालमा सम्बोधन गर्नका लागि न्यायाधीशको योग्यता अभिवृद्धिका लागि न्यायिक एकेडेमीमा ‘जज् कोर्स’ सञ्चालनका लागि अध्ययन भइरहेको बताए।

प्रकाशित: Jun 16, 2023| 20:44 शुक्रबार, असार १, २०८०
प्रतिक्रिया दिनुहोस्