NadaNada
शुक्रबार, भदौ ६, २०८२

राहदानी बनाउँदा लाग्‍ने शुल्क ५० प्रतिशत घट्यो 

 |  शुक्रबार, असार १, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, असार १, २०८०

vianetvianet

काठमाडौं- सरकारले राहदानी बनाउँदा लाग्ने दस्तुर घटाएको छ। यसअघि ६६ पृष्ठको विद्युतीय राहदानी लिन जिल्ला प्रशासन कार्यालयमा निवेदन दिँदा १० हजार रूपैयाँ तिर्नुपर्नेमा अब ५ हजार रूपैयाँ मात्र तिरे पुग्ने भएको छ।

यसअघि ३४ पृष्ठको विद्युतीय राहदानी लिनका लागि ५ हजार रूपैयाँ शुल्क तिर्नुपर्ने व्यवस्था थियो। तर मन्त्रिपरिषद्ले गत जेठ २४ गतेको निर्णयअनुसार राहदानी नियमावली, २०७७ को अनुसूची ४ मा संशोधन गर्दै दस्तुर घटाएको हो।

मन्त्रिपरिषद्को निर्णय जेठ ३२ गतेको राजपत्रमा प्रकाशित भएको र असार ३ गते आइतबारदेखि लागू हुने भन्दै राहदानी विभागले सम्बन्धित निकायमा सर्कुलर गरेको छ।

rahadani1686920482.jpg

प्रकाशित: Jun 16, 2023| 18:45 शुक्रबार, असार १, २०८०
प्रतिक्रिया दिनुहोस्