बिहीबार, साउन २८, २०८३

गाँजासहित भक्तपुरबाट एक जना पक्राउ

 |  शुक्रबार, असार १, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, असार १, २०८०

काठमाडौं- चार किलो पाँच सय २० ग्राम गाँजा बिक्रीका लागि बोकेर हिँडिरहेको अवस्थामा भक्तपुर प्रहरीले आज भक्तपुर नगरपालिका–४ मङ्गलाछेँबाट एक जनालाई पक्राउ गरेको छ।

लागूऔषध गाँजासहित प्रहरीले काभ्रेपलाञ्चोक रोशी गाउँपालिका–१० मङ्गलटार घर भई हाल भक्तपुर मङ्गलाछेँ बस्ने २३ वर्षीय अभी तामाङलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिए।

प्रहरीले पक्राउ परेका तामाङलाई हिरासतमा राखेर थप अनुसन्धान गरिरहेको उनले बताए।

प्रकाशित: Jun 16, 2023| 18:22 शुक्रबार, असार १, २०८०
प्रतिक्रिया दिनुहोस्