बिहीबार, साउन ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रधानमन्‍त्रीको भ्रामक समाचार लेख्‍नेविरुद्ध मुद्दा दर्ता

प्रधानमन्‍त्रीको भ्रामक समाचार लेख्‍नेविरुद्ध मुद्दा दर्ता

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- छातिको संक्रमणबाट विरामी परि त्रिवि शिक्षण अस्पतालमा उपचारत  प्रधानमन्त्री केपीशर्मा ओलीको भ्रामक समाचार प्रकाशित गरेको आरोपमा एक अनलाईनका संचालक विरुद्ध मुद्दा दर्ता भएको छ ।

प्रधानमन्त्री ओलीको स्वस्थ्य अवस्थाबारे भ्रामक समाचार प्रकाशन गर्ने पाथीभरा अनलाईन डट कमका संचालक हरि मानन्धरलाई मंगलबार महानगरीय अपराध महाशाखाले उनकै निवास गोठाटारबाट पक्राउ गरेको थियो।

महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी धिरजप्रताप सिंहले मानन्धर विरुद्ध साईबर अपराधमा मुद्धा चलाईएको बताए । साइबर अपराधमा दोषि ठहर भए मानन्धरलाई ३ वर्ष जेल तथा दुईलाख जरिवाना हुने कानुनी व्यावस्था छ ।

मानन्धरले संचालन गरेको पाथीभरा अनलाईनले गत शनिबार तथा आईतबार प्रधानमन्त्री ओलीको मृत्यु भएको भन्दै भ्रामक समाचार प्रकाशन गरेको थियो । उक्त भ्रामक समाचारको विषयमा चौतर्फी आलोचना भएको थियो । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।