शुक्रबार, मंसिर १४, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

आयो हैजाको सिजन, कसरी बच्ने?

गर्मी तथा वर्षायाम सुरु भएसँगै विशेषगरि बालबालिकामा झाडापखाला, हैजा जस्ता रोगहरू फैलने हुँदा सावधानी र सतर्कता अपनाउन असाध्यै जरूरी छ।
 |  शनिबार, असार २, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

शनिबार, असार २, २०८०

काठमाडौं- गर्मी तथा वर्षा याम सुरु भएसँगै विशेषगरी बालबालिकामा झाडापखाला, हैजा जस्ता रोग फैलने हुँदा सावधानी र सतर्कता अपनाउन असाध्यै जरूरी छ।

himalayan bank box

हैजाका बिरामीहरूको समयमै उपचार गरिएको खण्डमा बिरामी सामान्यतया दीर्घकालीन परिणामबिना नै निको हुन्छन्। हैजाका बिरामी निको भइसकेपछि सामान्यतया हैजाको ब्याक्टेरियाको वाहक बन्दैनन्, तर फेरि सम्पर्कमा आएमा भने बिरामी हुन्छन्।

हैजाले बालबालिका र वयस्क दुवैलाई असर गर्छ र उपचार नगरिए ज्यानसमेत लिन सक्छ। गम्भीर हैजा भएका व्यक्तिहरूमा गम्भीर निर्जलीकरण विकास हुन सक्छ, जसलाई यदि समयमै उपचार नगरिएमा, केही घण्टाभित्र बिरामीको मृत्यु हुन सक्छ। करिब १० मध्ये १ हैजाका बिरामीमा गम्भीर लक्षण विकास हुन्छ।

के हो हैजा?
- हैजा गम्भीर खालको झाडापखाला हो। समयमा उपचार गरिएन भने पीडित व्यक्तिको मृत्यु केही घण्टामै हुन सक्छ।

- भिब्रिओ कोलरी नाम गरेको ब्याक्टेरियाका कारण यो रोग लाग्छ।

Metro Mart
vianet

- अनुसन्धानकर्ताहरूका अनुसार विश्वभरि बर्सेनि १३ लाख देखि ४० लाख मानिसलाई हैजा भएको हुन सक्छ।

-  हैजाका कारण बर्सेनि २१,००० देखि १,४३,००० मानिसको संसारभरि मृत्यु हुने आकलन गरिएको छ।

-  हैजा भएका ८० प्रतिशत बिरामीको जीवनजल प्रयोग गरेर सफलतापूर्वक उपचार हुन्छ।

-  गम्भीर खालको हैजा लाग्दा तत्काल एन्टिबायोटिक र नसाबाट सलाइन दिएर उपचार गर्नुपर्छ।

- अरू पानीजन्य रोगमा जस्तै हैजा रोकथाम गर्न सुरक्षित पानी तथा सरसफाइ महत्त्वपूर्ण हुन्छन्।

घरैमा उपचार गर्ने तरिका
हैजा नियन्त्रण गर्न र मृत्यु घटाउनको लागि बहुआयामिक दृष्टिकोण महत्वपूर्ण छ। यसका लागि निगरानी, स्वच्छ ​​पानी, सरसफाइ र स्वच्छता, सामाजिक परिचालन र उपचार गरिन्छ।

-  झाडापखाला हुनासाथ एक लिटर सफा पानीमा एक पुरिया जीवनजल राखी राम्ररी घोल्ने र पटक/पटक खुवाउने

-  प्रशस्त मात्रामा सफा तथा झोल कुराहरू पटक पटक खान दिने

-  नरम तथा सजिलै पच्ने खानेकुरा थोरै थोरै गरी पटक पटक खुवाइरहने

 - स्वास्थ्यकर्मीले सिफारिस गरे अनुसार जिंक चक्कीको मात्रा नविराइकन खुवाउने

- व्यक्तिगत सरसफाइमा ध्यान दिने र स्वच्छ पानी तथा खाना खाने

प्रकाशित: Jun 17, 2023| 06:11 शनिबार, असार २, २०८०
प्रतिक्रिया दिनुहोस्