बिहीबार, साउन ७, २०८३

पीपीएल : चितवनको पहिलो जित, धनगढी १२६ रनले पराजित 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

पोखरा- पोखरामा जारी सवार्धिक पुरस्कार राशीको पोखरा प्रिमियर लिग (पीपीएल) टी-२० क्रिकेट अन्तर्गत पारस खड्काको कप्तानीमा रहेको चितवन राइनोजले प्रतियोगितामा आफ्नो पहिलो जित निकालेको छ । चितवनले दिपेन्द्र सिंह ऐरीको कप्तानीमा रहेको धनगढी ब्लुजलाई रनले पराजित गर्दै प्रतियोगितामा आफ्नो पहिलो जित निकालेको हो । 

टस हारेर ब्याटिङको निम्तो पाएको चितवनले दिएको १ सय ९४ रनको लक्ष्य पछ्याएको धनगढीले निर्धारित २० ओभरमा सबै विकेट गुमाउदै ६७ रन मात्र बनाउन सक्यो । 

धनगढीका लागि पेटर ट्रेगोले २७ र योगेन्द्र सिंह कार्कीले १७ रन जोड्न बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् । यस हारसँगै धनगढीले प्रतियोगितामा तीन खेल खेल्दा दुईमा हार र एकमा सिजत निकालेको छ ।

धनगढीलाई सस्तैका समेट्न सन्नी पटेलले चार विकेट लिए । त्यस्तै भुवन कार्की र स्मिथ पटेलले दुई विकेट लिदाँ करन केसी र शक्ती गौचनले एक एक विकेट लिए ।

यसअघी चितवनले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ९३ रन बनाएको थियो । चितवनका लागि हरिशंकर साहले अर्ध सतकिय पारी खेले । उनले ३३ बल खेल्दै ६ चौका र ती छक्काको मद्दतमा ५३ रन जोडे । 

त्यस्तै अनिल साहले ३७, सुन्नी पटेलले २६, स्मिथ पटेलले २४, कप्तान पारस खड्काले १९ र करन केसीले ११ रन जोडे । धनगढीका लागि कप्ताचन दिपेन्द्र सिंह ऐरी, मन्जित श्रेष्ठ, योगेन्द्र सिंह कार्की र डान लावरेन्सले समान एक एक विकेट लिए । 

प्रतियोगिताको दोस्रो खेल केही बेरमा विराटनगर टाइटन्स र बुटवल ब्लास्टरबीत प्रतिस्पर्धा हुनेछ ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।