बिहीबार, साउन ७, २०८३

बेलायतले गुगल र फेसबुकमा कर लगाउने !

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
लण्डन- बेलायतका वित्त प्रमुखले गुगल, फेसबुक र अमाजन डट कमजस्ता विशाल प्रबिधि कम्पनीहरूलाई लक्षित गरी डिजिटल सेवामा कर लगाउने प्रस्ताव गरेका छन् । 

डिजिटल युगमा संगठित कम्पनी कर प्रणालीको आवश्यकतामाथि व्याख्या गर्दै बेलायती राज्यकोष प्रमुख फिलिप ह्यामण्डले उक्त प्रस्ताव गरेका हुन् । 
 
आर्थिक नियमले परिवर्तित व्यवसायिक विकल्पहरूलाई संगठित गर्ने बताउँदै उनले सोमबार बजेट भाषणमा बेलायती संसदमा डिजिटल व्यवसायको संयुक्त अधिराज्यमा तात्विक महत्व देखिन थालेको र उनीहरूले कर नतिरीकन आफ्ना गतिविधि चलाउने गरेकोमा अब उनीहरूलाई करको दायरामा ल्याइनुपर्ने बताए । 
 
डिजिटल सेवा कर स्थापित तथा ठूला प्राबिधिक कम्पनीलाई लक्षित गरिएको र यो भर्खर बामे सर्दै गरेका डिजिटल कम्पनीको हकमा भने लागु नहुने बताए । उनले शुरूमा उनीहरूलाई सामान्य करको दायरामा ल्याएर निम्नतम राजश्व उठाउन पहल गर्ने बताए 
 । 
 
सर्च इन्जिन, सामाजिक सञ्जाल संयन्त्र र बजार डिजिटल सेवाका लागि स्वभाविक स्थान भएकाले यिनीहरूले समाज सुधारमा राम्रो काम गरेकोे तिनीहरूलाई कर कानूनको दायरामा ल्याउने प्रष्ट उदाहरण दिँदै उनले भने तर तिनीहरू कर प्रणालीको द्वीगोपन र निश्पक्षताका लागि चुनौति भएका छन् । 

यूरोपेली यूनियनका वित्तीय अधिकारीहरूले प्राविधिक कम्पनीलाई लक्षित गरी नयाँ कर कानूनको प्रस्ताव गरेको अवस्थामा बेलायतले पनि उक्त घोषणा गरेको हो । एजेन्सी
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।