NadaNada
शुक्रबार, भदौ ६, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • गाईको मासु बिक्री गर्ने होटल बिस्मिल्लाहलाई कारवाही गर्न माग गर्दै उजुरी

गाईको मासु बिक्री गर्ने होटल बिस्मिल्लाहलाई कारवाही गर्न माग गर्दै उजुरी

 |  बिहीबार, जेठ ३२, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ ३२, २०८०

vianetvianet

काठमाडौं- राष्ट्रिय एकता अभियानले काठमाडौंको ठमेलमा रहेको होटल बिस्मिल्लाहलाई कारवाही गर्न माग गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजुरी दिएको छ।

अभियानका अध्यक्ष विनय यादवले काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उप्पध्यायलाई भेट गरी बुझाएको उजुरीमा नेपालको प्रचलित कानुनविपरीत उक्त होटलले खुलेआम गाईको मासु राखेको परिकार बिक्री गरेकाले कारवाही गर्न माग गरिएको छ।

जिल्ला प्रशासन कार्यालयले पत्रसहित उक्त उजुरीमा जिल्ला प्रहरी परिसर काठमाडौंमा पठाएको छ। उजुरीमा होटल बिस्मिल्लाहले दोहोरो अपराध गरेको उल्लेख छ। ‘उनीहरूले मेनुमा उपलब्ध वस्तुको रूपमा गाईको मासुलाई सूचीबद्ध गरेका छन्, जसले उनीहरू सक्रिय रूपमा गाईको मासु बिक्रीमा संलग्न छन् भनी प्रमाण दिन्छ,’ उजुरीमा भनिएको छ, ‘यो नेपालको अधिकार क्षेत्रभित्र गाईको मासु बिक्री गर्न निषेध गर्ने प्रचलित कानुनको प्रत्यक्ष उल्लंघन हो।’

अर्कोतर्फ गाईको मासुको अवैध बिक्रीले कानुनी चिन्ता मात्र नभई बहुसंख्यक नेपाली जनताको सांस्कृतिक र धार्मिक संवेदनशीलतामाथिको प्रहार भएको उजुरीमा उल्लेख छ। ‘नेपालमा विविधतायुक्त समाज छ, जनसंख्याको एक महत्वपूर्ण भागले गाईको मासुको उपभोगलाई निषेध गर्ने धार्मिक अभ्यासहरू पालन गर्दछन्। होटल बिस्मिल्लाहको कार्य यी सांस्कृतिक र धार्मिक भावनाहरूप्रति अपमानजनक छन् र यसले हाम्रो समुदायमा सामाजिक अशान्ति निम्त्याउने सम्भावना रहन्छ,’ उजुरीमा भनिएको छ।

अभियानका अध्यक्ष यादवद्वारा हस्ताक्षरित उजुरीमा उक्त विषयमा छानबिन गर्न र होटल बिस्मिल्लाहविरुद्ध उचित कानुनी कारबाही गर्न अनुरोध गरिएको छ। ‘होटल बिस्मिलाहमाथिको कारवाहीले अरूलाई त्यस्ता गैरकानुनी गतिविधिहरूमा संलग्न हुनबाट निरुत्साहित मात्र गर्दैन, हाम्रो समुदायको सद्भाव र एकताको रक्षा पनि गर्दछ,’ उजुरीमा भनिएको छ।

Metro Mart

 

प्रकाशित: Jun 15, 2023| 17:33 बिहीबार, जेठ ३२, २०८०
प्रतिक्रिया दिनुहोस्