शुक्रबार, साउन २९, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • वान एक्स बेट प्रकरणमा पक्राउ परेका कलाकारलाई चार दिन हिरासतमा राख्न अनुमति

वान एक्स बेट प्रकरणमा पक्राउ परेका कलाकारलाई चार दिन हिरासतमा राख्न अनुमति

 |  बिहीबार, जेठ ३२, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ ३२, २०८०

काठमाडौं- प्रहरीले गैरकानुनी रुपमा अनलाइन जुवा खेलाउने गिरोहलाई सघाएको आरोपमा पक्राउ गरेका ८ जनालाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ। गैरकानुनी रुपमा अनलाइन जुवा खेलाइरहेको उक्त गिरोहलाई साथ दिएको भन्दै प्रहरीले केही कलाकार र युट्युबरहरूलाई पक्राउ गरेको हो।

पक्राउ पर्ने कलाकारहरुमा मरिचमान श्रेष्ठ (बल्छी ध्रुवे), पवन खतिवडा (म्याकुरी), राजु पौडेल (राजु मास्टर), सरोज घिमिरे (ढेडो बुढो) र बेगम नेपाली (भटभटे माइला), युट्युबरहरु एलिश राई, जलन घर्तीमगर, गणेश देवकोटा (जीडी) रहेका छन्।

उनीहरुलाई वान एक्स बेटको प्रचारप्रसार गरेर लाभ लिएको आरोप प्रहरीले लगाएको छ। प्रहरीले यसअघि पाँच जनालाई पक्राउ गरी सार्वजनिक गरेको थियो। यसअघि पक्राउ पर्नेहरूमा दिनेश खड्का, अनिता धिताल, दिपेश श्रेष्ठ, दिनेश चन्द र आशिष लामिछाने रहेका छन्।

प्रकाशित: Jun 15, 2023| 17:23 बिहीबार, जेठ ३२, २०८०
प्रतिक्रिया दिनुहोस्