बिहीबार, साउन ७, २०८३

पीपीएल : जितका लागि धनगढीलाई १९४ रनको लक्ष्य

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
पोखरा- पोखरामा जारी सवार्धिक पुरस्कार राशीको पोखरा प्रिमियर लिग (पीपीएल) टी-२० क्रिकेट अन्तर्गत चितवन राइनोजले धनगढी ब्लुजलाई जितबा लागि १ सय १९४ रनबको लक्ष्य दिएको छ । 

टस हारेर पहिले ब्याटिङ गर्ने निम्तो पाएको चितवनले निर्धारित २० ओभरमा ५ विकेट गुमाउदै १९३ रन बनाएको हो । चितवनका लागि हरिशंकर साहले अर्ध सतकिय पारी खेले । 

उनले ३३ बल खेल्दै ६ चौका र ती छक्काको मद्दतमा ५३ रन जोडे । त्यस्तै अनिल साहले ३७, सुन्नी पटेलले २५, स्मिथ पटेलले २४, कप्तान पारस खड्काले १९ र करन केसीले ११ रन जोडे ।

धनगढीका लागि कप्ताचन दिपेन्द्र सिंह ऐरी, मन्जित श्रेष्ठ, योगेन्द्र सिंह कार्की र डान लावरेन्सले समान एक एक विकेट लिए ।

अहिले धनगढीले  जवाफी ब्याटिङ थालेकाे छ । चितवन पहिलो जितको खोजीमा छ भने धनगढी दोस्रो जितको खोजीमा छ । अघिल्ला दुई खेलमा पराजित भएको चितवनलाई प्ले अफमा पुग्न जित्न्नै पर्ने दबाब छ । 

चितवन पहिलो खेलमा बुटवल ब्लास्टर्ससँग ७० रनले पराजित भएको थियो । यस्तै दोस्रो खेलमा पोखरा पल्टनसँग ५ विकेटले पराजित भयो । यता, एक खेलमा जित र एक खेल हारेको धनगढीलाई पनि जित आवश्यक छ । 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।