शुक्रबार, साउन २९, २०८३

नक्कली शरणार्थी प्रकरणको बहस अन्तिम चरणमा, थुनछेक आदेश भोलि

 |  बिहीबार, जेठ ३२, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ ३२, २०८०

काठमाडौं- नक्कली भुटानी शरणार्थी प्रकरणको थुनछेक बहस अन्तिम चरणमा पुगेको छ। जिल्ला अदालत काठमाडौंमा बिहीबार अभियुक्त पक्षको तर्फबाट बहस सकिएको छ।

त्यसअघि सरकारी वलिकले मुद्दाको पक्षबाट बहस गरेका थिए। अब सरकारी वकिलले जवाफी बहस गरेपछि अदालतले अभियुक्तहरूलाई थुनामा राखेर मुद्दा चलाउने वा धरौटीमा रिहा गर्ने भन्ने आदेश गर्नेछ।

जिल्ला न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा बहस भइरहेको छ। यो प्रकरणमा टोपबहादुर रायमाझी, बालकृष्ण खाणलगायत ३० जनालाई अभियुक्त बनाई जिल्ला सरकारी वकिल कार्यालयले विभिन्न पाँच कसुरमा मुद्दा दायर गरेको छ। १८ जना अभियुक्त प्रहरी हिरासतमा छन् भने १२ जना फरार छन्।

प्रकाशित: Jun 15, 2023| 17:08 बिहीबार, जेठ ३२, २०८०
प्रतिक्रिया दिनुहोस्