बिहीबार, साउन ७, २०८३

नेयमारका आइडल मेस्सी, रोनाल्डो दानव

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

एजेन्सी- ब्राजिल तथा पेरिस सेन्ट जर्मेन (पीएजी)का सुपस्टार फरवर्ड खेलाडी नेयमारले आफ्नो आइडल बार्सिलोनाका पूर्व सहकर्मी लियोनल मेस्सी रहेको बताएका छन् । नेयमारले मेस्सीलाई आफ्नो आइडल मान्दा पोर्चुगिज ताथा युभेन्ट्सका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोलाई फुटबलका दानवको संज्ञा दिए । 


बार्सिलोनामा मेस्सीसँगै चार बर्ष बिताएका नेयमारले अन्तराष्ट्रिय सञ्चार माध्यममा यस्तो अभिव्यक्ती दिएका हुन् । बास्केटबलका उत्कृष्ट खेलाडी स्टेफन करीसँगको भेटमा मेसी र रोनाल्डोको प्रशंसा गर्दै नेयमारले उनीहरुबाट आफुले धेरै सिकेको बताएका हुन् ।

‘मैले मेसीसँग खेले । उनी मेरो लागि सर्वकालिन उत्कृष्ट खेलाडी मध्येका एक हुन् । फुटबलमा उनी मेरो आदर्श हुन् ।’ उनले भने, ‘मैले मेसीबाट हरेक दिन सिके, अभ्यास र खेलका दौरान । त्यस्तै हेरेर पनि सिके । जसले मलाई थप बलियो र आफ्नो क्षमता बढाउनका लागि मद्दत गर्यो ।’ 


त्यस्तै नेयमारले रोनाल्डोका विषयमा पनि आफ्नो अनुभव साटेका थिए । ‘रोनाल्डोको सामना गर्न पाउनु गर्वको विषय हो । उनीसँग खेल्दा निकै तयार अवस्थामा रहनुपर्ने हुन्छ,’ उनले भने, ‘उनी उत्कृष्ट खेलाडी मध्येका एक हुन् । निकै चलाख छन् । उनीबाट पनि धेरै सिक्ने चिज छन् ।’

नेयमारले मेसी र रोनाल्डो विषयमा थपे, ‘उनीहरु फुटबलका दुई ठूला नाम हुन् । त्यसैले उनीहरुसँगको प्रसंग छोडिन्छ । म उनीहरुभन्दा बढी भन्दा बढी सिक्न, बढी भन्दा बढी उपाधि जित्न र बढी भन्दा बढी गोल गर्न चाहन्छु । त्यसले उनीहरबाट हरेक दिन केहि न केहि सिक्ने विषय हुन्छ ।’


स्पेनमा रहँदा रोनाल्डोको पटक पटक सामना गरेका नेयमार गत वर्ष विश्व किर्तीमानी मुल्य १ सय ९८ मिलियन पाउन्डमा पीएसजी पुगेका थिए । चार बर्ष मेसी, नेयमार र अर्का फरवार्ड लुइस स्वारेज एक साथ क्लबको अग्रपंक्तिमा रहँदा बार्सिलोनाले २ ला लिग, ३ कोपा डेल रे र एक पटक च्याम्पियन्स लिग जितेको थियो ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।