NadaNada
शुक्रबार, भदौ ६, २०८२

कपडा पसलमा आगलागी हुँदा एक करोड बढीको क्षति

मिथिला बिहारी नगरपालिका–७ स्थित तारापट्टीचोकमा अकबर नदाफले सञ्चालन गरेको न्यू आरजु वस्त्रालयमा विद्युत् सर्ट भई आगलागी भएको हो।
 |  बिहीबार, जेठ ३२, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ ३२, २०८०

vianetvianet

जनकपुरधाम– धनुषाको मिथिला बिहारी नगरपालिकास्थित कपडा पसलमा आगलागी हुँदा करोडौंको क्षति भएको छ।

मिथिला बिहारी नगरपालिका–७ स्थित तारापट्टीचोकमा वडा–६ का अकबर नदाफले सञ्चालन गरेको न्यू आरजु वस्त्रालयमा विद्युत् सर्ट भई आगलागी भएको तारापट्टी प्रहरी चौकीका प्रमुख प्रहरी सहायक निरीक्षक रामनाथ यादवले बताए।

स्थानीय रामबाबु साहको घरमा सञ्चालन गरिएको उक्त कपडा पसलमा आज बिहान आगलागी हुँदा एक करोड बढीको क्षति भएको उनले जानकारी दिए। 

प्रहरीलाई बिहान ३ः३० बजे आगलागीबारे स्थानीयले जानकारी दिएपछि धनुषाधाम नगरपालिका र जनकपुरधाम उपमहानगरबाट बारुणयन्त्र ल्याइएपछि आगो नियन्त्रणमा लिइएको प्रमुख यादवले बताए। समयमै जानकारी भएकाले स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिएपछि थप क्षति हुनबाट जोगिएको उनको भनाइ थियो।

प्रकाशित: Jun 15, 2023| 15:42 बिहीबार, जेठ ३२, २०८०
प्रतिक्रिया दिनुहोस्