बिहीबार, साउन ७, २०८३

रामविलासलाई शहिद घोषणा गर्न कांग्रेसको माग

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- नेपाली कांग्रेसले सर्लाहीको रामनगरमा मंगलबार गोली हानी हत्या गरिएका रामविलास महतोलाई सहिद घोषणा गर्न माग गरेको छ।

कांग्रेस सभापति शेरबहादुर देउवाले घटनाका सम्बन्धमा अध्ययन गर्न उपसभापति तथा पूर्वगृहमन्त्री विमलेन्द्र निधिलाई बुधबार बिहान सर्लाही जान निर्देशन समेत दिएका छन्। कांग्रेसले उक्त घटनालाइ गम्भीर रुपमा लिँदै नेपाल सरकारको ध्यानाकर्षण गराएको छ। 

रामनगर गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष रामनरेश महतोसहित आधा दर्जनलाई सोमबार आक्रमण गरी घाइते बनाएको घटना प्रहरीलाई थाहा भएपछि सम्भावित घटनालाई नियन्त्रण गर्न प्रहरी प्रशासन असफल भएको कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तीमा जनाइएको छ। वडाध्यक्ष रामनरेसका काका ५५ बर्षिय रामविलासलाई मंगलबार बिहान नेकपाका कार्यकर्ताले गोली हानी हत्या गरेका थिए। 

नेकपाको डर र त्रासको आधारमा प्रहरी प्रशासनले सुरक्षा नदिएको भन्दै कांग्रेसले मृतकलाई शहीद घोषणा गर्न, घाइतेहरुको निःशुल्क उपचारको प्रबन्ध गर्न तथा घटनामा संलग्न अपराधीहरुलाई कडाभन्दा कडा कार्वाही गर्न सरकारसँग माग गरेको छ। 

रामविलास महतोको मुख र पेटमा गोली लागी घटनास्थलमै मृत्यु भएको भने नेकपाका कार्यकर्ताहरुले एक्कासी कुटपिट र गोली चलाउँदा सोही वडाका कांग्रेसका महादेव राय, विवेक महतो, प्रमोद सहनी, भोजेन्द्र महतो, श्रीनारायण महतो, प्रेमनारायण महतो, मुकेशकुमार कुशवाहा गम्भीर घाइते भएका छन्। 

नेकपाका कार्यकर्ताहरुले वडा अध्यक्ष महतोको घर सहित वरपरका अन्य घरमा समेत क्षति पुर्‍याएका छन्। सोमबार सोही वडाका अध्यक्ष रामनरेश महतो दिउँसो १ बजे कार्यालय जाने क्रममा नेकपाका कार्यकर्ताले सांघातिक आक्रमण गरेर दुवै खुट्टा भाँचिदिएको र टाउँको फुटाइदिएका थिए । टाउँकोमा गम्भीर चोट लागेका कारण उपचारका क्रममा उहाँको टाउँकोमा १० वटा टाँका लगाइएको छ। 

यो पनि पढ्‍नुहोस्, 

‘कम्युनिस्ट बन्‍न नमान्दा रामविलासले गोली खानुपर्‍यो’

कांग्रेस र नेकपाबीचको झडपमा गोली चल्यो, एकजनाको मृत्यु

प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।