बिहीबार, साउन ७, २०८३

नन्दलाल हत्याका फरार अभियुक्त चार जना पक्राउ

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
बारा- प्रहरीले बाराबाट हत्याका फरार चार अभियुक्तलाई पक्राउ गरेको छ। 

कलैया उपमहानगरपालिका-२३ कोईरिया टोल बस्ने ६५ वर्षीय नन्दलाल राउत कुर्मीको हत्याका फरार अभियुक्त मध्ये चार जनलाई प्रहरीले नियन्त्रणमा लिएको हो। नन्दलालको १० कार्तिकमा घाँटी काटेर हत्या भएको थियो।

पक्राउ पर्नेमा कलैया–२३ बस्ने ४५ वर्षीय वीरेन्द्र पटेल र बारा जिल्ला साविक गाविस अमृतगंज-९ बस्ने ५५ वर्षीय रामअयोध्या दास रहेका छन्। यसैगरी घटनामा संलग्न भनिएका बीरेन्द्रका १९ वर्षीय छोरा विशाल पटेल र सोहि ठाउँ बस्ने ६५ वर्षीय बैजनाथ राउत कुर्मीसमेत पक्राउ परेको प्रहरीले जनाएको छ। पक्राउ परेकाहरु नन्दलालका छिमेकी रहेको प्रहरीले जनाएको छ।

कुनै सन्तान नरहेका नन्दलाल कान्छो भाइ अम्बिका राउतसँग सगोलमा बस्दै आइरहेका थिए। आर्थिक हिसाबले सुखीसम्पन्न रहेका नन्दलाल अधिकांश समय गोठघर र गोठघर नजिकै रहेको करेसाबारीमा बिताउने गरेका प्रहरीको अनुसन्धानबाट खुलेको छ। 

पक्राउ परेकाहरु विरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गराई थप अनुसन्धान कार्य भइरहेको बाराका डीएसपी रन्जितसिंह राठौरले जनाएका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।