शुक्रबार, साउन २९, २०८३

माइतीघर मण्डलामा एक युवकद्वारा आत्मदाहको प्रयास

 |  मंगलबार, जेठ ३०, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ ३०, २०८०

काठमाडौं- एक युवकले आत्मदाहको प्रयास गरेका छन्। माइतीघर मण्डलामा मोरङ कटहरीका निरजकुमार कामतले आफ्नै शरीरमा पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेका हुन्। उनलाई उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर लगिएको छ। 

केही दिनयता भइरहेको नागरिकताविहीन संघर्ष समितिले माइतीघरमा निरन्तर प्रदर्शनमा उनी सहभागी हुँदै आएको बताइएको छ। 

सर्वोच्च अदालतले नागरिकता विधेयक कार्यान्वयनमा रोक लगाएपछि माइतीघर मण्डलामा समितिको नेतृत्वमा प्रदर्शनसहितका आन्दोलनका कार्यक्रम हुँदै आएको थियो।

प्रकाशित: Jun 13, 2023| 18:20 मंगलबार, जेठ ३०, २०८०
प्रतिक्रिया दिनुहोस्