सोमबार, भदौ ९, २०८२

पुलबाट तिला नदीमा खसेर एक युवक बेपत्ता

 |  मंगलबार, जेठ ३०, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ ३०, २०८०

vianetvianet
Metro Mart

जुम्ला- जुम्लाको तिला गाउँपालिका-१, रारा बजारमा निर्मित अस्थायी पुलबाट चिप्लिएर एक युवक तिला नदीमा बेपत्ता भएका छन्। 

मंगलबार बिहान ६ बजेतिर सो गाउँपालिका-६ का अन्दाजी १७ वर्षका मोहन रोकाया उक्त अस्थायी पुलबाट चिप्लिएर तिला नदीमा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी धर्मराज जोशीले जानकारी दिए। बेपत्ता हुनेमा तिला-६ निवासी घोडे गाउँका कर्णबहादुर रोकाया उनका छोरा अन्दाजी १७ वर्षका मोहन रोकाया रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ।  

तिला-१, रारासेरी  बजारबाट चामलको बोरा लिएर घरजाने क्रममा अस्थायी पुलबाट चिप्लिएर नदीमा खसेको खबर प्राप्त भएपछि प्रहरी र स्थानीयले खोजी गरिरहेका छन्। तिला नदीको पानी धमिलो भएकाले खोज्न समस्या भएको तिला गाउँपालिका उपाध्यक्ष गोरीकला बुढाले जानकारी दिइन्।

प्रकाशित: Jun 13, 2023| 17:36 मंगलबार, जेठ ३०, २०८०
प्रतिक्रिया दिनुहोस्