शुक्रबार, साउन २९, २०८३

टोप्का भीरमा रेलिङसहितको बाटो निर्माण

 |  मंगलबार, जेठ ३०, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ ३०, २०८०

सिन्धुपाल्चोक- जिल्लाको बलेफी गाउँपालिका–८ मा रेलिङसहितको बाटो निर्माण गरिएको  छ। उक्त बाटो आज क्षेत्र  नं १ बाट प्रतिनिधिसभा सदस्य माधव सापकोटाले उद्घाटन गरे।

टोप्का बसेरी रेलिङसहितको उक्त बाटो माओवादी उपाध्यक्ष एवम् पूर्वसभामुख अग्निप्रसाद सापकोटाको पहलमा बागमती प्रदेश सरकारको २५ लाख बजेटमा निर्माण गरिएको  हो। 

ढलान र ढुंगा छापेर बनाइएको बाटोले जोखिम हटेको स्थानीयवासीले बताए। जम्मा चार सय मिटरको यो बाटोले टोप्का र टोप्का बसेरी गाउँलाई जोडेको छ।

निकै अप्ठेरो र जोखिमयुक्त टोप्का भीरको बाटोमा रेलिङ बनाइएपछि हिँड्न सजिलो भएको स्थानीयवासी तारानाथ पराजुलीले बताए। स्थानीय श्री कालीदेवी आधारभूत विद्यालयमा आउने विद्यार्थी ओहोरदोहोर गर्ने यो बाटो निकै अप्ठेरो रहेको स्थानीयवासी सुवास तामाङले बताए।

गाउँपालिकाका अध्यक्ष गंगा तामाङले बाटोले स्थानीयवासीलाई  सहज भएको बताए। अहिले बाटो प्रयोग गरेर मोटरसाइकलसमेत ओहोरदोहोर हुने भएको  छ।

प्रकाशित: Jun 13, 2023| 22:02 मंगलबार, जेठ ३०, २०८०
प्रतिक्रिया दिनुहोस्