एजेनसी- अष्ट्रेलियाका क्रिकेट खेलाडीहरुको संस्था अष्ट्रेलियन क्रिकेटर एसोसिएसन (एसीए)ले ‘बल टेम्परिङ’ काण्डमा दोषी पाएपछि प्रतिबन्धमा रहेका अष्ट्रेलियाका खेलाडी कप्तान स्टेभन स्मिथ, उपकप्तान डेभिड वार्नर र क्यामरुन बेनक्राफ्टको प्रतिबन्धबारे समिक्षा गर्न माग गरेका छन् ।
एसीएले प्रतिबन्धमा परेका खेलाडीले धेरै प्रतिबन्ध बेहोरिसकेको कारण अब क्रिकेट अष्ट्रेलियाले प्रतिबन्धबारे समिक्षा गर्नु पर्ने बताएको हो । गत चैतमा दक्षिण अफ्रिकाविरुद्धको तेस्रो टेष्ट क्रिकेटको दौरान अष्ट्रेलियाका खेलाडीले ‘बल टेम्परिङ’ गरेपछि विवादमा मुछिएका थिए ।
केपटाउनमा भएको खेलको दौरान ब्याट्सम्यान बेनक्राफ्टले ‘बल टेम्परिङ’ गरेका थिए । बेनक्राफ्टले ‘बल टेम्परिङ’ गरेको भिडियो सार्वजनिक भएपछि क्रिकेट अष्ट्रेलियाले कप्तान स्मिथ र उपकप्तान वार्नरमाथि १२ महिनाको प्रतिबन्ध लगाएको थियो । यस्तै बेनक्राफ्टले ७ महिनाको प्रतिबन्ध बेहोरेका थिए ।
एसीएका अध्यक्ष ग्रेग डेयरले प्रतिबन्धमा रहेका खेलाडी धेरै पीडित भएको कारण क्रिकेट एसोसिएसनले प्रतिबन्ध फुकुवा गर्नुपर्ने बताए । ‘तिनीहरुले धेरै पीडित छन् । उनीहरुलाई खेल्न दिनुपर्छ,’ एसीएका अध्यक्ष डेयरले भने ।
यस्तै अध्यक्ष डेयरले प्रतिबन्धमा परेका खेलाडीले प्रतिबन्धसँगै खेल्न नपाएको, सामाजिक दुव्र्यबहार र आर्थिक भार बेहोर्नुपरेको कारण खेलाडीका लागि यो भन्दा ठुलो दण्ड अरु नभएको बताएका छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४