शुक्रबार, साउन २९, २०८३

तनहुँको व्यासमा बोराभित्र महिलाको शव भेटियो

 |  मंगलबार, जेठ ३०, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ ३०, २०८०

तनहुँ- तनहुँको व्यास नगरपालिका–४ स्थित चिहानडाँडा नजिक बोराभित्र आज एउटा शव फेला परेको छ। उक्त वडाको चिहानडाँडा नजिकको नालामा बोराभित्र महिलाको शव सडिसकेको अवस्थामा फेला परेको हो। 

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले मृत फेला परेको महिलाको पहिचान नखुलेको बताए। घटनास्थलमा प्रनाउ खाँणको नेतृत्वमा प्रहरी टोली पुगेर अनुसन्धान गरिरहेको छ। उनले भने, 'प्रहरीले अनुसन्धान सुरु गरिसकेको छ। अनुसन्धानपछि मात्रै सत्यतथ्य पत्ता लाग्छ।'

व्यास नगरपालिका–४ का वडासदस्य सरोज भण्डारीका अनुसार महिलाको हात पछाडिपट्टि बाँधिएको अवस्थामा थियो। 'शव सडिसकेको छ, अनुहार चिनिने अवस्था छैन,' प्रनाउ खाँडले भने। उक्त बाटो हिँड्डुल गर्ने स्थानीयवासीले गन्ध आएपछि प्रहरीलाई खबर गरेका थिए।
 

प्रकाशित: Jun 13, 2023| 15:15 मंगलबार, जेठ ३०, २०८०
प्रतिक्रिया दिनुहोस्