बिहीबार, साउन ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • पूर्व राष्ट्रपति यादव भन्छन, ‘चुरे विानशमा सरकारकै हात’

पूर्व राष्ट्रपति यादव भन्छन, ‘चुरे विानशमा सरकारकै हात’

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
जनकपुरधाम- पूर्व राष्ट्रपति डा रामवरण यादव चुरे संरक्षणप्रति सार्‍है चिन्तित देखिए। पूर्व राष्ट्रपति यादव विद्यार्थीहरुसँग संवाद गर्न जनकपुरस्थित एक नीजि विद्यालयमा मंगलबार बिहानै पुगेका थिए।

पर्यावरण, ग्लोबल वार्मिङ, चुरे संरक्षणलगायतका विषयमा जनकपुरस्थित सिद्धार्थ शिशु सदनका विद्यार्थीहरुले राखेका जिज्ञासाहरुको जवाफ डा यादवले सरल तरिकाबाट दिएका थिए। जवाफ सुनेर विद्यार्थीहरु मख्ख देखिन्थे भने डा यादवको अनुहारमा गहिरो चिन्ता देखिइरहेको थियो, चुरे संरक्षणको बारे।

राष्ट्रपति छँदा उनले शुरु गरेको चुरे क्षेत्र संरक्षण कार्यक्रम प्रभावकारी रुपमा अघि बढ्न नसकेपछि चिन्ता हुनु स्वभाविक पनि छ। चुरे दोहन र विनाशका कारण तराई मधेश मरुभूमि बन्नेतर्फ डा यादव पटकपटक सचेत पनि गराउँदै आइरहेका छन्।

विद्यार्थीहरुसँगको संवादमा यादवले पर्यावरण जोगाउन सकिएमात्र सबै स्वस्थ्य रहन सक्नुका साथै वातावरण सुरक्षित हुने यादवले बताए। पूर्व राष्ट्रपति यादवले चुरे विनाश हुनुमा सरकारकै हात रहेको आरोप समेत लगाए।

चुरे संरक्षणतर्फ सरकार गम्भीर हुन नसकेकोले विनाशको संघारमा पुगेको उनको भनाइ थियो। डा यादवले चुरे क्षेत्र जोगाउन संघीय, प्रदेश र स्थानीय सरकारले जबादेहीता निर्वाह गर्ने समय आएको भन्दै यसतर्फ सबैलाई गम्भीर हुन आग्रह गरे।

विकासको नाममा चुरेक्षेत्र विनाश गरे सरकार देशकै विनासतर्फ उद्यत रहेको पुष्टी हुने उनको भनाइ थियो। चुरे संरक्षणका लागि नदीको दोहन र अवैद्य वस्ती रोक्न सरकारलाई उनले आग्रह गरे।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।