जुम्ला– जुम्लाको तिला गाउँपालिका–१ स्थित रारा बजारमा निर्मित अस्थायी पुलबाट चिप्लिँदा एक युवा तिला नदीमा बेपत्ता भएका छन्।
आज बिहान ६ बजेतिर वडा–६ का अन्दाजी १७ वर्षीय मोहन रोकाया उक्त अस्थायी पुलबाट चिप्लिएर तिला नदीमा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी धर्मराज जोशीले जानकारी दिए।
बेपत्ता हुनेमा तिला–६ घोडेगाउँका कर्णबहादुर रोकायाका छोरा मोहन रहेको प्रहरीले बताएको छ। तिला–१ रारासेरी बजारबाट चामलको बोरा लिएर घर जाने क्रममा अस्थायी पुलबाट चिप्लिएर नदीमा खसेको खबर प्राप्त भएपछि प्रहरी र स्थानीयले खोजी गरिरहेका छन्।
तिला नदीको पानी धमिलो भएकाले खोज्न समस्या भएको तिला गाउँपालिका उपाध्यक्ष गोरीकला बुढाले जानकारी दिइन्।