प्युठान, स्वर्गद्वारी नगरपालिका-४ भ्यागुतेस्थित सडकमा स्वर्गद्वारीबाट भिग्रीतर्फ जाँदै गरेको लु.१ च ६३४५ नम्बरको कार अनियन्त्रित भई सोमबार दिउँसो दुर्घटना हुँदा कारमा सवार २ जना महिला, २ जना पुरूष र ४ जना बालक गरी ८ जनाको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको जिल्ला अस्पताल बिजुवारमा उपचारको क्रममा मृत्यु भएको हो।
बारा, प्रसौनि गाउँपालिका-२ पतंजलि चोकमा प्रदेश ३-०३-०२१प ९११९ नम्बरको स्कुटरलाई प्र.२-०२-०३-००१ त ७७० नम्बरको ट्याक्टरले सोमबार दिउँसो
ठक्कर दिँदा स्कुटर चालक पर्सा वीरगंज महानगरपालिका-१५ ब्रहमचोक बस्ने ४५ वर्षीय राजमन चौधरीको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको परवानिपुरस्थित एलएस न्यूरो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
सुनसरी, ईटहरी उपमहानगरपालिका-१२ खनार चोकमा प्रदेश १-०२-०४९ प ०८३ नम्बरको मोटरसाइकलको ठक्करबाट साईकलयात्री सोही उपमहानगरपालिका-१२ बस्ने ६५ वर्षीय भरत प्रसाद दाहालको सोमबार दिउँसो मृत्यु भएको छ। ठक्करबाट गम्भीर घाइते भएका उनको बिराट नर्सिङ होम बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो। मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
करेन्ट लागेर मृत्यु
मोरङ, ग्रामथान गाउँपालिका-३ बस्ने ४६ वर्षीय सिरु माझिको करेन्ट लागेर सोमबार दिउँसो मृत्यु भएको छ। सोही गाउँपालिका-५ भङ्साबारी बस्ने बिधानन्द
ठाकुरको घरमा नयाँ कल गाडी मोटर जोड्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको विराटनगरस्थित कोशी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।
ईलाम, ईलाम नगरपालिका-१० बस्ने ३५ वर्षीय तिलक राईको करेन्ट लागेर सोमबार दिउँसो मृत्यु भएको छ। सूर्योदय नगरपालिका-११ केराबारीस्थित नयाँ विजुलीको पोलमा तार जडान गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको उपचारका लागि अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो।