काठमाडौं- नेपालको नेतृत्वदायी रेमिटेन्स सेवा प्रदायक कम्पनी आइएमईले २०७५ सालमा मनाइने पर्वहरु दशैं, तिहार र छठलाई लक्षित गर्दै ल्याएको सेवा ग्राहीमूखि प्रवद्र्धनात्मक कार्यक्रम ‘दशैंमा बिस लाख’योजनाअन्तर्गत पहिलो महिनाको विजेता घोषणा गरेको छ।
क्योदाइ रेमिटेन्स जापानबाट नेपालमा आइएमई गर्ने आइएमई सेवाग्राही नेत्र बहादुर मल्ल सफ्टवेयर पद्वतीमा आधारित ‘लक्की ड्र’ बाट पहिलो महिनाको विजेता घोषित भएका हुन् । सेवाग्राही मल्लले नगद एक लाख प्राप्त गर्नेछन्। आइएमई केन्द्रीय कार्यालय पानीपोखरीमा हालै आयोजित विजेता घोषणा कार्यक्रममा कम्पनीका प्रमुख संचालन अधिकृतद्वय खिलेन्द्र पौडेल र रुद्रराज पौडेललेको उपस्थिती थियो।
२०७५ साल असोज ७ गतेदेखि शुरु भई २०७५ साल मङ्गसिर मसान्तसम्म लागु हुने सेवाग्राहीमुखी यस योजनाअन्तर्गत अहिलेसम्म मासिक ‘लक्कीड्र’ बाट एकजना, साप्ताहिक ‘लक्कीड्र’ बाट पाँचजना र दैनिक ‘लक्कीड्र’ बाट तीन गरी सय जना सेवाग्राहीहरू विजेता घोषित भइसकेका छन्।
योजनाअवधिमा विदेश तथा स्वदेशबाट आइएमई गर्ने सम्पूर्ण सेवाग्राही सहभागी हुनसक्नेछन्। आफ्नो स्थापनाकालदेखि नै विभिन्न सेवाग्राहीमूखि र व्यवसायिक साझेदारमूखि योजना सार्वजनिक गर्दै आइरहेको आइएमईले यसपालीका पर्वहरूमा देश विदेशमा रहेका लाखौँ सेवाग्राहीलाई लक्षित गरी प्रवद्र्धनात्मक योजना जारी राखेको छ।
योजनाअवधिभर गरिएको ट्रान्जेक्सनलाई आइएमईको सफ्टवेयर पद्वतिमा लिङ्क गरि ‘लक्की ड्र’ बाट छनोट हुने विजेताहरुमध्ये हरेक दिन १० जना भाग्यशाली सेवा ग्राहीलाई ‘आइएमई पे’मार्फत एक हजारको बिलभुक्तानी, हरेक हप्ता एक जना सेवाग्राहीलाई दश हजार नगद, हरेक महिना एक जनालार्इ एक लाख नगद तथा बम्परमा एक जनालाई बिस लाख नगद प्रदान गरिनेछ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४